IME Life New

आन्तरिक अर्थतन्त्र सुस्त हुँदा बैंकमा पैसा नै पैसा, एकै दिन ६ अर्बले बढ्यो निक्षेप !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक अर्थतन्त्र सुस्त र कर्जाको माग न्यून हुँदा प्रणालीमा निक्षेप थपिने क्रम जारी छ । बैंकिङ्ग प्रणालीमा एकै दिन ६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार शनिबारसम्म ६२ खर्ब ४१ अर्ब रहेको निक्षेप आइतबारसम्म ६२ खर्ब ४७ अर्ब पुगेको हो।

त्यस्तै शनिबारसम्म कर्जा प्रवाह ५१ खर्ब ३० अर्ब रहेकोमा आइतबार ५१ खर्ब ३३ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह  ३ अर्बले वृद्धि भएको छ ।

Esewa
Crest

आइतबारसम्म वाणिज्य बैंकमा निक्षेप ५५ खर्ब ३० अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ४२ अर्ब कर्जा प्रवाह भएको छ । सिडी रेशियो घट्दै ८०.०१ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.९४ प्रतिशत छ। अघिल्लो दिन सिडी रेशियो ८०.०३ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS