IME Life New

आदर्श लघुवित्तले असार १ गतेदेखि आइपीओ निष्काशन गर्दै, कति दिने आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि सर्वसाधारणमा आइपीओ निष्काशन तथा विक्री गर्ने भएको छ । कम्पनीले ६७ लाख बराबरको ६७ हजार कित्ता आइपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो ।

सर्वसाधारणमा निष्काशन हुन लागेको कुल ६७ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

यस आइपीओ खरीदकालागि छिटोमा असार ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस आइपीओ निष्काशन तथा विक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

आवेदकले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूसँगै मेरो शेयर एप र सफ्टवेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS