IME Life New

आठ अर्ब डलरको क्रिप्टो ठगी प्रकरणः दोषीलाई २५ वर्ष जेल सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टाट पल्टेको क्रिप्टो एक्सचेन्ज फर्म एफटीएक्सका सहसंस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको जेल सजाय सुनाइएको छ। साममाथि क्रिप्टो ठगी, ग्राहकको पैसा चोरेको र लगानीकर्तालाई भ्रमित गरेको आरोप लगाइएको छ। यस मामिलामा साम फ्राइडका तीन साथी पनि दोषी सावित भएका छन्।

यो मामिलामा सामलाई डिसेम्बर २०२२ मा बहामासबाट पक्राउ गरिएको थियो । त्यसपछि उनलाई अमेरिका सुपुर्दगी गरिएको थियो । सन् २०२३ नोभेम्बरमा लगानीकर्ता र ग्राहकलाई ८ अर्ब डलर अर्थात बढी ठगी गरेको आरोपमा सामलाई दोषी ठहर गरिएको हो।

Esewa
Crest

यो मुद्दा त्यतिबेला अमेरिकी इतिहासको सबैभन्दा ठूलो काण्ड मानिएको छ। साम दोषी ठहर भएपछि अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको थियो । कुनै समय एफटीएक्स विश्वको दोस्रो ठूलो क्रिप्टो एक्सचेन्ज फर्म थियो।

सामलाई अमेरिकाको म्यानहट्टन जिल्ला अदालतले सजाय सुनाएको हो । अमेरिकी जिल्ला न्यायाधीश लुइस ए कपलानले भविष्यमा सामको थप गलत कार्यमा संलग्न हुन सक्ने सम्भाव्यताको चिन्तालाई जोड दिँदै यो सजाय सुनाइएको बताए।

अदालतले सामको ११ अर्ब डलरभन्दा बढीको पैसा जफत गर्ने आदेश दिएर र उनलाई सान फ्रान्सिस्को क्षेत्रको एक मध्यम–सुरक्षा जेलमा राख्न आदेश दिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS