IME Life New

आज साँझसम्म मौद्रिक समीक्षा ल्याउने तयारीमा राष्ट्र बैंक, नभ्याए भोलि सार्वजनिक हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज बिहीबार साँझसम्म ल्याउने तयारी गरेको छ। आज साँझसम्म नआए भोलि शुक्रबार भने मौद्रिक समीक्षा आउने राष्ट्र बैंक स्रोत बताउँछ।

स्रोतका अनुसार राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक समीक्षाको प्रतिवेदन तयार पारेर बुझाइसकेको छ। ‘आजै म्यानेजमेन्ट कमिटीमा छलफल भएर लगभग टुंगिन्छ होला’, स्रोतले भन्यो, ‘त्यसपछि मौद्रिक समीक्षाको प्रतिवेदनमाथि राष्ट्र बैंकको बोर्ड बैठकमा छलफल हुनेछ। बोर्ड बैठक आज साँझसम्म पनि बस्न सक्छ। बैठक बस्यो भने आजै समीक्षा सार्वजनिक हुन सक्छ।’

Esewa
Crest

यदि आज बोर्ड बैठक बसेन भने भोलि भने बस्ने निश्चित रहेको स्रोतको दाबी छ। ‘त्यसैले आज साँझसम्म पनि मौद्रिक समीक्षा आउने सम्भावना छ, आज नभ्याए भोलि मौद्रिक समीक्षा सार्वजनिक हुने निश्चित छ’, स्रोत भन्यो।

स्रोतका अनुसार मौद्रिक समीक्षा सकारात्मक नै आउनेछ। ‘उद्योग–व्यवसायी, पुँजीबजारका लगानीकर्ता र बैंक तथा वित्तीय संस्थाहरुका लागि मौद्रिक समीक्षा सकारात्मक नै आउनेछ’, स्रोतले भन्यो, ‘समग्रमा भन्दा अर्थतन्त्र चलयामान बनाउने हिसाबले मौद्रिक समीक्षा आउनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

94%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS