IME Life New

आज फेरि बैंकिङ प्रणालीबाट एकैपटक रु. ३५ अर्ब तान्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज फेरि ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ।

निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल रहेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।

Esewa
Crest

राष्ट्र बैंकले जेठ लागेयता यो १० औँपटक बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। आज केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट एकैदिन ३५ अर्ब रुपैयाँ तान्न लागेको छ। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको असार १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसअघि बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले गत जेठ २५ गते ३० अर्ब रुपैयाँ, जेठ २४ गते ४० अर्ब रुपैयाँ, जेठ १८ गते २५ अर्ब रुपैयाँ, जेठ १७ गते ५० अर्ब रुपैयाँ, जेठ ११ गते ३५ अर्ब रुपैयाँ, जेठ ७ गते १० अर्ब रुपैयाँ, जेठ ४ गते ३५ अर्ब रुपैयाँ, जेठ ३ गते ५० अर्ब रुपैयाँ र जेठ १ गते १० अर्ब रुपैयाँ खिचेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS