IME Life New

आजसम्म शेयर किन्नेले लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका जेठ १४ एक दिनका लागि बन्द गर्नेछ । त्यसैले आज जेठ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

Esewa
Crest

लुम्बिनी जनरलले आफ्नो १६औं वार्षिक साधारण सभा जेठ २८ गते गर्ने भएको छ । कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ । सभा अपरान्ह ४ बजे गर्ने कम्पनीले बताएको छ । सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, सभामा संचालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६/७७ पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७७ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७६ /७७ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्ने, आर्थिक वर्ष २०७७ /७८ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने एजेण्डा रहेको छ ।

त्यस्तै, प्रबन्धपत्रको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने, संचालकहरुको बैठक भत्ता पुनरावलोकन गर्ने लगायतका प्रस्ताव पेश हुनेछ ।

त्यसैगरी सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारण सभा जेठ २८ गते गर्ने भएको छ । कम्पनीको हिजो बैशाख ५ गते, बसकोे संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १५ दशमलव ७८९४ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ । जसमा ३ दशमलव ७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) र १२ प्रतिशतले हुन आउने बोनश शेयर रहेको पारित हुँदैछ ।

त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७६ /७७ को वार्षिक प्रतिवेदन छलफल पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६ ७७ को वासलात, हिसाव, नगद तथा नाफा नोक्सान, सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धीत अनुसुचिहरु छलफल गरी पारित गर्नेछ ।

सभामा लेखापरिक्षक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखा परिक्षक नियुक्ती गरी निजको पारिश्रमिक तोकिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS