IME Life New

आजसम्म शेयर किन्नेले दुई विकास बैंकको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकले भोली अर्थात मंसिर ११ गते बुकक्लोज गर्दैछ। त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी बैंकहरुको लाभांश प्राप्त गर्न तथा यी बैंकहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

सांग्रिला डेभलपमेन्ट बैंकले मंसिर २४ गते, आइतबार, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा १९ औँ वार्षिक साधारण सभा डाकेको छ। उक्त सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज अथवा एक्वायर गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले मंसिर २३ गते, शनिबार ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा। लि।, मणिग्राम, रुपन्देहीमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS