IME Life New

आजसम्म शेयर किन्नले गुराँस लाइफको प्रस्तावित लाभांश हात पार्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि भोलि कार्तिक २३ गतेदेखि मङ्सिर १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज कार्तिक २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आफ्नो ११औं वार्षिक साधारणसभा मङ्सिर १० गते गर्ने भएको छ । उक्त सभा भिडियो कन्फरेन्सको माध्यमबाट गर्ने कम्पनीले जनाएको छ । कम्पनीको कार्तिक ७ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो ।

Esewa
Crest

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन , वितीय विवरणहरू वासलात, नाफा,नोक्सान हिसाब नगद,प्रवाह विवरण लगायतका अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकलाई नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुनेछ ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष ७५र७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ दशमलव ५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभाले बोनश शेयर वितरणपछि बृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पूँजीलाई सोहि अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न स्वीकृति प्रदान गर्ने, प्रस्तावित संशोधनमा नियमनकारी निकायले परिमार्जनरफेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, विभिन्न अमिति तथा उपसमितिहौरलाई प्रदान गरिएको बैठक भत्ता अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS