IME Life New

आजबाट माछापुच्छ्रे बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई ऋणपत्र बिक्री खुल्ला गरेको हो ।

बैंकले निष्काशन गर्न लागेको कूल कित्तामध्ये १८ लाख इकाई व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ भने सर्वसाधारणलाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि निष्कासन गरिने कुल १२ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्र १० वर्ष अवधिको हुनेछ। ऋणपत्रको वार्षिक ८।५ प्रतिशत हुनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म आवेदन दिन सक्नेछन्। आजबाट बिक्री खुल्ला हुने उक्त ऋणपत्रमा छिटोमा साउन ४ गते र ढिलोमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले यस बैंकलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर ए माइनस एटदरेट’ रेटिङ प्रदान गरेको छ । उक्त ऋणपत्र विक्रीका लागि कम्पनीले असार १६ गते नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको थियो ।

उक्त ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS