IME Life New

आजबाट एनआईसी एशिया लघुवित्तको आईपीओ खुल्यो, कहिले सम्म भर्न पाईन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रति कित्ता एक सयको दरले एनआईसी एशिया लघुवित्तले यही असार १० गते आर्थात आजबाट ४७ लाख ५५ हजार कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दै छ । कम्पनीले ४७ करोड ५५ लाख बाराबराको साधारण शेयर निस्काशन गर्दै छ ।

उक्त ४७ लाख ५५ हजार कित्ता मध्य शुन्य दशमलव ५ प्रतिशत अर्थात् ७४,००० कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। अब सर्वसाधारणहरुलाई  ४४ लाख ४३ हजार २०० कित्ता शेयर निष्काशन गरिएको छ। लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन्।

Esewa
Crest

आईपीओ असार १० गते देखि असार १४ गते सम्म खुल्ने छ । असार १४ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन। यदी असार १४ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा असार २४ गते सम्म समय थपिने छ।

एनआईसी एशिया लघुवित्त रास्ट्रिय स्तरको “घ” वर्गको वित्तिय सस्था हो भने यस लघुवित्तको प्रधान कार्यालय भेरी- ४, खलंगा , जाजरकोट रहेको छ। यस कम्पनीमा हाल सम्म शत प्रतिशत सस्थापक शेयर एनआईसी एशिया बैंकको रहेको छ ।

एनआईसी एशियाले निकै ठुलो परिमाणमा साधारण शेयर निस्काशन गरेको छ। लघुवित्तको आईपीओ भर्दा भर्दा पनि नपरेर दिक्क भएका  लगानीकर्तालाई भने अहिले लघुवित्तको आईपीओ पर्ने  एउटा राम्रो सम्भावना भएको छ।

असार १० गते देखि आउने एनआईसी एशिया लघुवित्तको आईपीओको बारेमा सम्पूर्ण जानकारी, कति कित्ता पर्ला ?

आईपीओ भर्न खोज्नु भएको छ? कसरी भर्ने केही थाहा छैन? आईपीओ भर्न के के चाहिन्छ ?

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS