IME Life New

आईपीओ भर्न खोज्नु भएको छ? कसरी भर्ने केही थाहा छैन? आईपीओ भर्न के के चाहिन्छ ? 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आईपीओमा आवेदन दिन तपाईलाई सबै भन्दा पहिले बैंक खाता चाहिन्छ । तपाईको खाता भएको बैंक सी-आस्बामा दर्ता भएको बैंक हुनु पर्छ , अधिकांश बैंक सी-आस्बामा सुचिकृत छन् ।

अब तपाईले बैंक खाता खोलेपछि डिम्याट खाता खोल्नु पर्छ ।  डिम्याट खाता भनेको तपाईको शेयर राख्ने खाता हो । डिम्याट खाता तपाईहरु  बैंक तथा वित्तिय सस्थाहरुबाट खोल्न सक्नु हुन्छ अथवा शेयर कारोवार गर्ने ब्रोकरबाट पनि खोल्न सक्नु हुन्छ ।  जुन ठाउँबाट डिम्याट खाता खोल्नु भएको हो त्यो ठाउँबाट मेरो शेयर (Meroshare)को लागिन (login) पनि लिनु होला । मेरो शेयर लिनु भयो भने तपाईहरुले घरमा बसी बसी आईपीओमा आवेदन दिन सक्नु हुन्छ, नभए प्रत्यक पटक आफ्नो बैंक खाता भएको शाखामा गएर फर्म भरेर आईपीओमा आवेदन दिनु पर्छ । मेरो शेयर (Meroshare)को पासवर्ड तपाईको इमेलमा आउँछ ।

Esewa
Crest

अब तपाईले डिम्याट खाता खोले पछि आफ्नो बैंक खाता भएको ठाउँमा गएर सीआरएन (CRN) नम्बर लिनु पर्छ । यो नम्बर एकपटक लिए पुग्छ । सीआरएन (CRN) नम्बर लिएपछि अब तपाईलाई आईपीओ भर्न दूईवटा तरिका छन् । पहिलो घरमा बसी बसी मेरो शेयर (Meroshare) बाट आईपीओ भर्ने अर्को भनेको आफुले जुन बैंकमा गएर सीआरएन (CRN) नम्बर लिएको हो त्यही बैंकमा गएर फर्म भरेर आईपीओमा आवेदन दिने । मेरो शेयरबाट आईपीओमा आवेदन दिन एकदमै सजिलो छ।

मेरो शेयरबाट आईपीओमा आवेदन दिए पनि अथवा बैंकमा फर्म भरेर आईपीओमा आवेदन दिए पनि तपाईले आवेदन दिनु भएको शेयर संख्या बराबरको  रकम तपाईकै बैंक खातामा फ्रीज भएर बसेको हुन्छ । यदी तपाईलाई शेयर परेमा जति रकम बराबरको शेयर परेको हो त्यति रकम तपाईको बैंक खाताबाट कट्छ र तपाईलाई त्यो बराबरको शेयर संख्या तपाईको डिम्याट खातामा जान्छ ।  शेयर नपरेको रकम तपाईकै बैंक खातामा अब खुला हुन्छ र त्यो रकम तपाईले चलाउन पाउनु हुन्छ।

कुन कुन बैंकहरु सिआस्वामा सुचिकृत छन् ? सुची हेर्न यहाँ क्लिक गर्नुस 

कुन कुन ठाउँबाट डिम्याट खाता खोल्न सकिन्छ ? सुची हेर्न यहाँ क्लिक गर्नुस 

नोट : मेरो शेयरबाट आईपीओ भर्न सिकाउने  धेरै भिडियो छन् ।  Youtube मा प्राप्त गर्न सक्नु हुन्छ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS