IME Life New

आजदेखि २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्दै राष्ट्रिय वाणिज्य बैंक, ब्याजदर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजबाट प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले जेठ २५ गते (आज) देखि ६ वर्षे अवधिको (२०८३’)वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गर्न लागेको हो ।

कुल निष्काशनमध्ये बैंकले ६० प्रतिशत अर्थात् १५ लाख कित्ताले हुन आउने एक अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्नेछ, भने ४० प्रतिशत अर्थात् १० लाख कित्ताले हुन आउने कूल एक अर्ब ऋणपूँजी रकम सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट बिक्री गर्नेछ ।

Esewa
Crest

लगानीकर्ताले उक्त ऋणपत्रमा छिटोमा जेठ २८ गते र असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकलाई इक्रा नेपालले ‘केयर एनपी सिंगल प्लस’ रेटिङ दिएको छ ।

उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS