IME Life New

आजदेखि २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। बैंकले साबिककै आकार तथा रङमा संकेत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्मका २० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको हो। नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको छाप पनि रहेको छ।

नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ। नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ भने मध्य भागमा दुईवटा बाह्रसिंगाको चित्र छ। गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS