IME Life New

आजदेखि दशैंको लागि नयाँ नोट साट्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दसैंका लागि सर्वसाधारणले नयाँ नोट आज असोज २९ बाट साट्न पाउने भएका छन् । काठमाडौं उपत्यका भित्रका सर्वसाधारणले नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट साट्न सक्नेछन्भने काठमाडौं उपत्यका बाहिरका सर्वसाधारणले राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सतहीको सुविधा लिन सक्नेछन्।

एक जनाले साना ठूला सबै गरेर अधिकतम १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकको भनाई छ । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका बन्डलले १८ हजार ५०० रुपैयाँ नै उपलब्ध हुनेछ ।

Esewa
Crest

राष्ट्र बैंकले आफ्ना कार्यालय मार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्नेछ । बैंक तथा वित्तिय संस्थाहरुले तोकिएको समयमा तोकिएको मुख्य तथा शाखाहरुबाट सर्वसाधरणलाई सटही सुविधा दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS