IME Life New

आचार संहितापछि पाँच कर्मचारीलाई कुलिङ पिरियड, शिखरका प्रभावशालीले छोडे जागिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोज ३ गतेदेखि बीमक संघले जारी गरेको संहिताले बीमा कम्पनीका उच्च तहमा कार्यरत कर्मचारीहरुलाई एक महिने छुट्टीमा बस्न बाध्य हुँदै आएका छन् । बीमा कम्पनीहरुले यताका कर्मचारी उता तान्ने र उताका कर्मचारी यता तान्ने प्रवृत्ति बढेपछि बीमक संघले गत असोज ३ गते संविधान दिवसको दिनदेखि बीमा कम्पनी, बीमा कम्पनीमा कार्यरत कर्मचारी तथा एजेन्ट र सर्भेयरलाई आचार संहितामा बाँधेको हो ।

बीमक संघले आचार संहिता लागू गरेपछि झण्डै आधा दर्जन बीमा कम्पनीका उच्च तहका कर्मचारीलाई कुलिङ पिरियडले एक महिनाभन्दा लामो समय घरमा बसाएको छ । कुलिङ पिरियडपछि सबैभन्दा पहिले आईएमई जनरल इन्स्योरेन्सका पनव थापाले एक महिना लामो बिदा बस्नु पर्यो । त्यसलगत्तै सानिमा जनरलकी उपासना पौडेलले एक महिना लामो कुलिङ पिरियड बिताएपछि गत मंसिर १५ गते युनाईटेड इन्स्योरेन्समा आवद्ध भईन् । प्रुडेन्सियल छोडेका अमित कर्ण एक महिनाको कुलिङमा परे । त्यस्तै, सानिमा जनरल छोडेका स्वभाव दुलालले पनि एक महिनाको कुलिङपछि मात्रै अर्को कम्पनीमा जागिरमा जान पाउछन। भर्खरै शिखर छोडेका अन्जन ढकालले एनएलजी इन्स्योरेन्समा जाने घोषणा गरिसकेका छन् । यद्यपि उनको राजिनामा स्वीकृत भइसकेको छैन भने एक महिनाको कुलिङ पिरियडसहित करिब दुई महिना घर बस्नुपर्ने भएको छ ।

Esewa
Crest

असोज ३ गते यता बीमा कम्पनीका सबैजसो हेभीवेटले आचार संहिता अनुसार एक महिनाको कुलिङ पिरियडमा बसेको भएपनि युनाईटेड इन्स्योरेन्स छोडेकी रेमिना मानन्धरले भने कुलिङ पिरियडको संहिता पालना नगरेको भन्दै बीमक संघमा उजुरी परेको छ । मानन्धरका विरुद्धमा परेको उजुरी उपर हालसम्म कुनै कारवाही भएको छैन । उता, शिखर इन्स्योरेन्सले जागिरबाट राजिनामा दिएका ढकालको राजिनामा अझै स्वीकृति गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS