IME Life New

आईसीटी अवार्डका विजेतालाई १० लाखको बीमा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड २०१९’ को चौथो संस्करण साउन ३२ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको छ।

यस बर्ष ‘आइसिटी अवार्ड २०१९’ को इन्स्योरेन्स पार्टनर एसियन लाइफ इन्स्योरेन्स रहेको छ । एसियन लाइफ इन्स्योरेन्सले सम्पूर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्स्योरेन्स गरिदिने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए ।

Esewa
Crest

आइसिटी अवार्ड २०१९ मा यस वर्ष विभिन्न १० विधामा अवार्ड सञ्चालन हुनेछ । आइसिटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टहरुलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विना धितो ऋण दिने जानकारी गराएको छ ।

राष्ट्रिय वाणिज्य बैंक आइसिटी अवार्ड २०१९ को बैंकिङ पार्टनरको रुपमा रहेको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई बैंकले यो सुविधा दिन लागेको हो ।

यस वर्ष पनि १० जनाको जुरी समूह रहनेछ भने ७ जना जुरी सल्लाहकारका रुपमा छन् । अवार्ड कार्यक्रम पारदर्शी र निष्पक्ष हुने लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS