IME Life New

आईएमई लाइफले मनायो चौंथो वार्षिकोत्सव, यस्तो छ चार वर्षको प्रगति  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यवसायिक कारोवार विधिवतरुपमा सञ्चालन भएको चौंथो वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरुपले पालना गरी रक्तदान क्रार्यक्रम सहित आफ्नो चौंथो वार्षिकोत्सव मनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत फुयाँलले अबको युग प्रविधि मैत्री सेवा को युग रहकोले बीमा कम्पनीहरुले पनि प्रविधिमैत्री सेवा अवलम्बन गर्नुको विकल्प नरहेको जानकारी दिए । कम्पनीले ग्राहक तथा कम्पनीका अभिकर्ताहरुलाई प्रदान गर्ने सेवालाई मध्यनजर गर्दै डिजिटल प्रविधिमैत्री सेवा विकासका क्रममा जीवन बीमा कम्पनीहरु मध्ये सर्वप्रथम २०७७ मंसिर २२ गतेदेखि च्याट बट प्रविधिको विकास गरि सञ्चालनमा ल्याएको छ ।

Esewa
Crest

हाल उक्त प्रविधि मार्फत बीमितहरुले आफ्नो व्यक्तिगत बीमालेख र अभिकर्ताहरुले आफ्नो आय आर्जन सम्बन्धी जानकारी प्राप्त गरि आएकोमा आजकै मितिदेखि लागु हुने गरी आफू अन्तर्गतका अभिकर्ताहरुको व्यवसायको विवरण समेत हेर्न सक्ने भएका छन् ।

बीमितहरुले निवेदन दिएको ऋण एवम् दाबी भुक्तानीको अवस्थाको बारेमा जानकारी रियल टाइममा हेर्न सक्ने र बीमाशुल्क भुक्तानी वापत कर प्रमाणपत्र समेत च्याट बटमार्फत प्राप्त गर्न सक्ने व्यवस्था कम्पनीले गरेको छ ।

कम्पनीले गो डिजिटलको अवधारणा अवलम्वन गरी भविष्यमा कागजात रहित प्रविधि मार्फत सेवा उपलब्ध गराउने उद्देश्य लिएको जानकारी दिए । हाल कम्पनीले कनेक्ट आइपिएस लगायत विभिन्न अनलाइन भुक्तानी सेवा प्रदायकको सहकार्यमा अनलाईन माध्यमबाट बीमाशुल्क भुक्तानी गर्न सक्ने व्यवस्था समेत मिलाएको जानकारी दिए ।

व्यवसाय सुचारु भएको चौंथो वर्षसम्म कम्पनीको हासिल गरेको विभिन्न सूचांकहरु  निम्नानुसार रहेको छ । सञ्चालन अवधिदेखि हालसम्म कम्पनीको प्रगतिमा निरन्तर सहयोग गर्नुहुने आदरणीय शेयरधनी महानुभावहरु, सञ्चालक समितिका सदस्यहरु, कम्पनी प्रति विश्वास गर्नुहुने समस्त बीमितहरु, नियमनकारी निकाय बीमा समिति, सरोकारवाला सम्पूर्ण निकायहरु, कम्पनीको व्यवस्थापन समूह, कर्मचारीहरु, अभिकर्ताहरु,  पत्रकारहरु एवं अन्य शुभेच्छुकहरु सबै प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा समेत थप सहयोग गर्नु हुने विश्वास लिएको व्यहोरा व्यक्त गरेका छन् । साथै कोभिड–१९ ले आक्रान्त यस विषम परिस्थितमा पनि कम्पनीले आफ्ना सेवाग्राहीलाई तदारुकताका साथ निरन्तर सेवा प्रदान गरिरहेको व्यहोरा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS