IME Life New

आईएमई लाइफको नयाँ बोनसदर घोषणा, अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको फागुन ३ गतेको पत्र मार्फत स्वीकृत भई २०७६ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा उक्त बोनशदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

सावधिक जीवन बीमालेख
कम्पनीले न्युनतम प्रतिहजार १३ रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २६ रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि २६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३१ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ । कम्पनीले यस बीमालेख १५ देखि १९ वर्ष अवधिका मानिसहरुलाई मात्रै १२ हजार ४ सय २९ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३१ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

Esewa
Crest

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेख
सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम २६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिसम्मको लागि प्रति शजार २६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले यस बीमालेख १५ देखि १९ वर्ष अवधिका मानिसहरुलाई मात्रै दुई हजार ६६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा पनि कम्पनीले न्युनतम २६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले ९ वर्ष अवधिको लागि २६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि पनि प्रति हजार२६ रुपैयाँ, १४ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले यस बीमालेख १५ देखि १९ वर्ष अवधिका मानिसहरुलाई मात्रै १ हजार ९ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) बीमा योजनाका लागि सबै बीमा अवधिमा १३ रुपैयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS