IME Life New

आइसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड भएको छ । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा फाइनान्सले ७ बर्ष अवधि भएको तथा बार्षिक ९ प्रतिशत ब्याजदरको “९% आई.सि.एफ.सि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८” नामक प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरको तीस करोड रुपैयाँ बराबरको ३ लाख कित्ता शेयर बिक्री गरेको थियो ।

जसमध्ये १८ करोड रकम बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र परिपत्र विधिबाट र १२ करोड बराबरको १ लाख २० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक प्रक्रियाबाट निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा निष्काशन अवधिमा प्राप्त आवेदन उपर नीतिगत छलफल गरी विभिन्न ब्यक्तिहरुको उपस्थितिमा बाँडफाँड गरिएको हो ।

Esewa
Crest

धितोपत्र बोर्डबाट स्विकृत विवरणपत्र अनुसार यस फाइनान्सकोे परिपत्र बिधि मार्फत १ हजार रुपैयाँ अंकित दरको १ लाख ८० हजार कित्ता ऋणपत्र निष्काशन गरिएकोमा प्राप्त आवेदकहरुबाट ३ लाख कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएकोमा माग गरेको कित्तामा समानुपातिक रुपमा १,८०,००० कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो ।

सर्वसाधारण तर्फ १ हजार रुपैयाँ अंकित दरको १,२०,००० कित्ता मध्ये सामूहिक लगानी कोषको लागि छुट्याइएको ६,००० कित्ता बाँडफाँड गरी बाँकी रहेको १,१४,००० कित्ता ऋणपत्र माघ ९ गते देखि माघ १३ गतेसम्म बिक्री खुल्ला गर्दा सर्वसाधारणहरुबाट जम्मा ७,२४७ जना आवेदकहरुबाट ६,३१,३५७ कित्ता ऋणपत्रको लागि आवेदन पर्न आएकोमा स्वीकृत विवरणपत्रमा भएको व्यवस्था अनुसार गोला प्रथा बिधिद्धारा ४,५६० जना आवेदकहरुलाई १,१४,००० कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS