IME Life New

आइएमई लाइफद्धारा ५ लाख ४६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जुम्ला शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । जिल्लाको कनकासुन्दरी गा.पा.वडा न. ३ ओखरपाटा गौरी निवासि स्वर्गीय धौली बुढाको परिवारलाई दाबी भुक्तानी गरेको हो ।

मृतकले २०७६ सालमा पाँच लाख रुपैयाँ बीमाङ्कको बीमा गरेका थिए । उनको २०७८ भदौ महिनामा असायमिक मृत्यु भएकोले मृत्यु दाबी बापतको रकम स्थानीयको उपस्थितिमा शाखा प्रमुख बुद्धि तामाङ्ग र कनकासुन्दरी गाउपालिका वडा नं ३ का वडा सदस्य बिजु नेपालिको हातबाट छोरा जोबन बुढालाई पाँच लाख ४६ हजार पाँच सय रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

कम्पनिलाई जानकारी गराएको छोटो समयमै बिना झन्झट मृत्यु दाबी पाएकोले मृतकका छोरा जोबन बुढाले कम्पनीका सम्पुर्ण कर्मचारीलाई धन्यबाद ब्यक्त गरे ।

साथै उक्त कार्यक्रममा बोल्दै कनका सुन्दरी गाउपालिका वडा नं। ३ का वडा सदस्य बिजु नेपालिले समयमै जीवन बीमा गरे भबिस्यमा हुने भवितव्य आर्थिक जोखिम न्यूनीकरण गर्न सहज हुने तथा आफ्नो अभाबमा आफ्ना आश्रीत परिवारलाई आर्थिक जोखिम कम गर्न महत्त्वपूर्ण हुने भएकोले सबैले जीवन बीमा गर्नु अनिबार्य भएको भनी जिकिर गरे ।

कार्यक्रममा बोल्दै कम्पनीका जुम्ला शाखा प्रमुख बुद्धि तामाङ्गले बीमा बचत र सुरक्षा मात्र नभइ कम्पनी प्रतिको बिश्वास पनि हो र आज हामी उक्त बिश्वासलाई थप मजबुत गराउन सफल भएको बताए ।

कार्यक्रममा जुम्ला शाखाका कर्मचारी, एजेन्सी म्यानेजर, वडा प्रतिनिधि, साथै स्थानीयको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS