IME Life New

आइएमई लाइफको लम्की शाखा कार्यालयद्वारा भोजन वितरण कार्य सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखा कार्यालयले असाहयका लागि साहारा घर बर्दगोरिया गाउँपालिका २ बौनियामा भोजन वितरण कार्य गरेको छ । कम्पनीले आफ्नो आउँदै गरेको कम्पनीको छैठौं वार्षिकोत्सवको अवसरलाई लक्षित गर्दै यस्तो कार्य गरेको हो ।

साहारा घरमा आयोजना भएको कार्यक्रममा टिकापुर एरियाका क्षेत्रीय शाखा प्रमुख तुलसी देवकोटा , लम्की शाखा प्रमुख बल बहादुर थापा र वि.एस.ए वादल न्यौपाने र एजेन्सी मेनेजरहरू तुलसी रेग्मी, शोभा शाह, मिना विष्ट , धर्मराज खनाल, गोकुल न्यौपाने , संगिता , जानकी वडुबाल, शर्मिला मुडभरी , टिका थापा, सुमित्रा पौडेल र विपना घिमिरेको उपस्थिति रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रममा कम्पनीका सुदुर पश्चिम प्रदेश टिकापुर एरियाका क्षेत्रिय शाखा प्रमुख तुल्सी देवकोटाले बेसाहाराहरुलाई साहारा दिदै मानवताको कार्य गरेकोमा सहारा घरका संस्थापक बल बहादुर विष्टलाई उच्च सम्मानका साथ भन्यवाद दिएका छन् । उनले भने, हामीले पनि कम्पनीको वार्षिकोत्सवलाई लक्षित गरी यहाँ खाना खुनाउन पाउँदा धेरै खुशी छौं ।

साथै, उनले सप्ताहाव्यपी वार्षिक उत्सब कार्यक्रममा साउन १५ गते खिर खाने कार्यक्रम देशव्यापी सम्पन्न भएको र उक्त दिन महिला दिदि बहिनी लाई सारी चुरा टिका पोते वितरण गरिएको र आउने साउन २५ गते अमरावती स्वास्थ केद्र बक्लोवा मा १ दिने स्वास्थ शिविर सञ्चालन गर्ने र भद्र १ स्थापना दिवश को दिन टिकापुर शाखा मा रक्तदान कार्यक्रम सञ्चालन गर्ने बताए ।

साथै, देश भरिका अनाथालयमा बेसाहारा अशक्त अपाङग र अनाथ हरुलाई विभिन्न शाखाले भोजन वितरण गरिएको बताए ।

त्यस्तै, सहारा घरका संस्थापक बल बहादुर विष्टले कम्पनीलाई यस्तो कार्य गरेकोमा धन्यवाद ज्ञापन गरे । साथै आईएमई लाईक इन्स्योरेन्सले बीमा मात्र नगरेर सामाजिक उत्तरदायित्वको कार्य गर्ने गरेकोमा धन्यवाद दिए ।

लम्की शाखा प्रमुख बल बहादुर थापाले छैठो बार्षिक उत्सबको अबसरमा साहारा घरमा रहेको अनाथ , बेसाहारा , वाल बालिका, वृद्धा र युवा व्यक्तिहरुलाई एक छाक खाना खुवाउन पाउँद खुसी लागेको बताउँनुका साथै यो मानव कार्य गरेर यस संस्था संचालनमा ल्याएका सहारा घरका संस्थापक बल बहादुर विष्टलाई हृदय देखि नै धन्यवाद व्यक्त गरे ।

साथै, उनले आगामी दिनमा पनि कम्पनी को तथा व्यक्ति गत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपस्थित सम्पूर्ण एजेन्सी मेनेजरलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS