IME Life New

आइएमई लाइफको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक रुपमा आयोजना हुने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न भएको छ। अवार्ड कार्यक्रममा देशभर रहेका २४ हजार ५ सय जना अभिकर्ताहरुमध्ये आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी आइएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २ सय जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ एमडीआरटीमा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरु र कर्मचारीहरुलाई सम्मान गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बीमा पेशालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सदैव तयार रहेको बताए।

Esewa
Crest

यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताउँदै उनले कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ता सम्मानजनक पेशा भएको र राष्ट्रको लागि योगदान पुर्‍याएको बताए।

कम्पनीका अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा एमडीआरटीलाई केन्द्रविन्दु बनाई प्रशिक्षण दिइएको थियो।

आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका अध्यक्ष डा रामहरि अर्याल र अन्य सञ्चालक समितिका सदस्यहरुतथा ब्राण्ड एम्बासेडर मनिषा कोइरालाको समेत उपस्थित थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS