IME Life New

आँधीखोला लघुवित्तद्धारा जोखिम व्यवस्थापन तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँधीखोला लघुवित्तले आफ्ना कर्मचारीको लागि जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । लघुवित्तले ८ वटा शाखा कार्यालयका २० जना फिल्ड सहायक कर्मचारीहरु लाई जोखिम ब्यवस्थापन तथा सकारात्मक सोच विषयक २ दिने तालिम सम्पन्न गरेको हो ।

संस्थाले कोरोनाका कारण बैकिङ जगतमा परेको प्रभावबाट कर्मचारीको मनोबल खस्कन नदिनका लागि र ग्राहकहरुको संरक्षणका लागि संस्थाले आगामी दिनमा खेल्नु पर्ने भुमिकाका बारेमा फिल्डस्तरका कर्मचारीहरुलाई तालिम मार्फत सु–सुचित गरेको जनाएको छ।

Esewa
Crest

प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले विषम परिस्थितिमा ग्राहक सदस्य तथा कर्मचारीको स्वास्थ्य संवेदनशिलता लाई उच्च प्राथमिकतामा राख्दै कार्यस्थलमा खटिने कर्मचारीको मनोवल कमजोर हुन नदिनका लागि आफु प्रतिवद्ध रहेको बताए ।

हाल कमपनीको चुक्ता पुँजी १० करोड रहेको छ। स्याङजाको भीरकोट न.पा.१ वयरघारीमा केन्द्रिय कार्यालय रहेको लघुवित्तले १० जिल्लामा १९ कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ ।

तालिममा संचालक समिति सदस्य विधा श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी., नायव प्रमुख कार्यकारी प्रमुख बाबुराम कुँवर लगायत विभागिय प्रमुखहरु उपस्थिती भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS