IME Life New

आँधिखोला लघुवित्तद्धारा फिल्ड व्यवस्थापन तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई फिल्ड व्यवस्थापन सम्बन्धित तालिम दिएको छ। लघुवित्तले बिभिन्न शाखामा कार्यरत २० जना भन्दा बढी कर्मचारीलाई फिल्ड व्यवस्थापन सम्बन्धि तालिम दिएको संस्थाले जनाएको छ । तालिममा विभागिय प्रमुखहरुले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।

संस्थाले कोरोनाका कारण बैंकिङ जगतमा परेको प्रभावबाट कर्मचारीको मनोवल खस्कन नदिनका लागि र ग्राहकहरुको संरक्षणका लागि संस्थाले आगामी दिनमा खेल्नु पर्ने भुमिकाका वारेमा तालिममा सिकाएको छ।

Esewa
Crest

आधिखोला लघुवित्तका अध्यक्ष तथा एमएनए का कोषाध्यक्ष केसीले समेत कर्मचारीहरु लाई अत्यन्तै सजग भई काम गर्नका लागि कर्मचारीलाई उत्प्रेरित गरेका थिए। त्यसै गरी पव्लिक संचालक विधा श्रेष्ठले फिल्ड कर्मचारी संस्थाको मेरुदण्डको रुपमा रहने विचार ब्यक्त गर्दे, संस्थाका राम्रा कुराहरु लाई वजारीकरण गर्नु आजको अपरिहार्यता रहेको धारणा ब्यक्त गरिन।

आधिखोला लघुवित्तका अध्यक्ष तथा एमएनए का कोषाध्यक्ष नरेश केसी, नायव प्रमुख कार्यकारी अधिकृत वावुराम कुवँरले कर्मचारीहरु भनेको संस्थाका गहना भएको र संस्थाको छवि उचो वनाउनका लागि सदैव असल कर्मचारीको आवश्यक्ता रहने कुरा लाई जोड दिदै , वर्तमान अवस्थामा सदस्य सँगको असल सम्वन्धको कारण ले नै संस्थाले गति लिने भएकाले संस्थाका नीति नियमहरुको अध्यन गरि सोही अनुरुप कार्यक्षेत्रमा लागु गर्नका लागि तालिममा सहभागी लाई निर्देशन दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS