IME Life New

असार ५ गतेदेखि एचआईडिसीएलले संस्थापक शेयर लिलामी मार्फत विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठामाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले असार ५ गतेदेखि ३ करोड ३० लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २०७८ साल साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शत प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामी प्रक्रियामार्फत विक्री गर्न लागेको हो ।

शेयरमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै शेयरको लागि आवेदन गर्न सकिने छ। उक्त लिलामी शेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीहरुले आवेदन दिन सक्ने छन्। शेयर खरिद गर्न इच्छुकहरुले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी असार १९ गतेसम्म शिल्बन्दी बोलपत्र पेश गर्न सकिनेछ।

Esewa
Crest

आवेदकले विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरू विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरबाट पनि गोप्य शिलबन्दी बोलपत्र प्राप्त गर्न र पेश गर्न सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS