IME Life New

असार मसान्तसम्मको ब्याज भुक्तानीमा सहुलियत पाइने, नेपाल राष्ट्र बैंकले गर्यो तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत दिने जनाइएको छ । राष्ट्र बैंकको ६५ औं वार्षिक उत्सबको अबसरमा गभर्नर महाप्रसाद अधिकारीले आफ्नो मन्तव्य राख्दै यस्तो बताएका हुन्। तर, राष्ट्र बैंकले कति र कसरी सहुलीयत दिने भन्ने कुरा खुलाएको छैन ।

गभर्नर अधिकारीले चालू आबको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने नेपाल राष्ट्र बैंकले जनायएको छ ।

Esewa
Crest

कोभिड–१९ को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न २०७६ चैत ११ देखि घरभित्रै बस्नुपर्ने व्यवस्था लागू भएको उल्लेख गर्दै स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरू अबलम्बन गर्दै बैंकिङ सेवा प्रवाहलाई सुचारु राखिएको तथा अर्थतन्त्रमा पारेको प्रभावलाई सूक्ष्म ढङ्गले अध्ययन गरिरहेको बताउँदै गभर्नर अधिकारीले मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा वित्तीय क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै सम्बन्धित सबैलाई सहज हुनेगरी केही राहत दिने उल्लेख गरेका हुन् ।

यस्ता छन् नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका ६ बुँदे राहत कार्यक्रमहरु
साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशोधन गरिनेछ । साथै, ६० अर्ब रुपैयाँको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था मिलाइनेछ ।

चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।

कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइनेछ ।

बैंकिब क्षेत्रबाट हुने कर्जा पवाहलाइ थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिनेछ ।

कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था तथा लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS