IME Life New

अवैध लगानीलाई बढावा दिएको आरोपमा भारतले लगायो १०० बढी वेबसाइटमा प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको केन्द्रीय गृह मन्त्रालयको सिफारिसमा अवैध लगानीलाई बढावा दिने र पार्टटाइम जागिरको नाममा ठगी गर्ने १०० भन्दा बढी वेबसाइटमा प्रतिबन्ध लगाइएको छ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार ती वेबसाइट विदेशबाट सञ्चालन भइरहेका थिए। भारतको केन्द्रीय गृह मन्त्रालयको इन्डियन साइबर क्राइम कोअर्डिनेसन सेन्टर (आईएफओआरसी)सँग संलग्न नेसनल साइबर क्राइम थ्रेट एनालिटिक्स युनिट (एनसीटीएयू)ले गत हप्ता ती वेबसाइट ब्लक गर्न सिफारिस गरेको थियो।

Esewa
Crest

सो सिफारिसका आधारमा भारतको इलेक्ट्रोनिक्स एन्ड इन्फर्मेसन टेक्नोलोजी मन्त्रालयले सूचना प्रविधि ऐन, २००० अन्तर्गत दिएको अधिकार प्रयोग गरी ती वेबसाइट ब्लक गरेको हो । ती वेबसाइट आर्थिक अपराधसँग सम्बन्धित अवैध लगानीलाई बढावा दिएको आरोप लगाइएको छ। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS