IME Life New

अर्थको रातो झण्डा पछि नेपाल पुनर्बीमाको ग्रिस भ्रमण रद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वको पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको आयोजनामा ग्रीसको राजधानी एथेन्समा हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन रद्ध भएको छ। तालुक मन्त्रालय अर्थ मन्त्रालयले कार्यक्रमका लागि स्वीकृति नदिएपछि कार्यक्रम रद्ध भएको जानकारी नेपाल पुनर्बीमाले आमन्त्रितहरुलाई गराएको छ।

ग्रिसको कार्यक्रम रद्ध भएको जानकारी सहितको पत्र पाएका छौं,एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले इन्स्योरेन्स खबरसँग भने।

Esewa
Crest

फागुन २६ देखि २७ गतेसम्म ग्रिसको राजधानी एथेन्समा अन्तर्राष्ट्रिय मापदण्डमा नेपाली पुनर्बीमाको दीगोपना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना हुने कार्यक्रम रहेको थियो । कार्यक्रममा सहभागिताका लागि जीवन र निर्जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत, अर्थ मन्त्रालयका अधिकारी, नेपाल बीमा प्राधिकरणका अधिकारी सहितलाई निमन्त्रणा वितरण गरिएको थियो। नेपाल पुनर्बीमा कम्पनीले सहभागिहरुको भिसा आवेदनको प्रकृयाका लागि आवश्यक कागजपत्रहरु संकलन गरि सकेको अवस्थामा एक्कासी कार्यक्रम रद्धको जानकारी आएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
happy

खुसी

0%
sad

दु :खी

13%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS