IME Life New

अमेरिकी सरकारको त्यो ठूलो कदम, जसले खुल्नेछ सहजै ग्रीन कार्ड पाउने बाटो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी संसदमा आप्रवासीसम्बन्धी एउटा महत्वपूर्ण प्रस्ताव पेस भएको छ। नेसनल सेक्युरिटी एग्रिमेन्ट नामक यो प्रस्तावअन्तर्गत एच–१बी भिसाधारकका पार्टनर (श्रीमान/श्रीमती) ले अमेरिकामा रोजगारीको अधिकार र उनीहरुका वयस्क छोराछोरीले पाउने अधिकार सुरक्षित गर्ने प्रावधान छ।

एच–१बी भिसाधारकहरुको पार्टनर र बच्चालाई एच–४ भिजा जारी गरिन्छ। अमेरिकामा हाल १ लाख एच–४ भिसाधारक छन्। उनीहरु यो प्रस्तावबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।

Esewa
Crest

अमेरिकी सिनेटमा रिपब्लिकन र डेमोर्क्याटिक नेतृत्वबीच लामो वार्तापछि आइतबार ‘नेसनल सेक्युरिटिी एग्रिमेन्ट’ पेस भएको हो। अमेरिकी सरकारको यो प्रस्ताव लामो समयदेखि ग्रीन कार्ड पाउनका लागि पर्खिरहेका हजारौँ प्राविधिक क्षेत्रका पेसेवरहरुका लागि राहतको खबर हो। ग्रीनकार्ड नपाएका कारण एच–१बी भिसाधारकका पार्टनरले अमेरिकामा काम गर्न पाउँदैनन् र तिनका छोराछोरीमाथि निरन्तर डिपोर्टेसनको खतरा रहेको छ।

ग्रीन कार्डलाई आधिकारिक रुपमा अमेरिकामा स्थायी निवास कार्ड भनिन्छ। यो अमेरिकामा आप्रवासीलाई जारी गरिएको कागजात हो। जसअन्तर्गत भिसाधारकलाई स्थायी रुपमा बसोबास गर्ने अधिकार दिइएको छ। ग्रीन कार्ड जारी गर्नका लागि प्रतिदेश एक निश्चित सीमा तोकिएको छ।

नेसनल सेक्युरिटी एग्रिमेन्ट ११८.२८ अर्ब डलरको प्याकेज हो। जुन आइतबार घोषणा गरिएको थियो। यस सम्झौताअन्तर्गत सीमा सुरक्षा सुदृढ गर्ने र इजरायल र युक्रेनलाई युद्धमा थप सहयोग प्रदान गर्नुका साथै अध्यागमनसम्बन्धी प्रावधान पनि समेटिएको छ। जसले आप्रवासीलाई निकै फाइदा पुग्नेछ।

यस विधेयकमा एच–१बी भिसाधारकको वयस्क छोराछोरीको अधिकारको सुरक्षित गर्न, भिसाधारकका पाटर्नरलाई रोजगारीको अधिकार दिन र ग्रीन कार्ड कोटा बढाउन माग गरिएको छ। यो विधेयक संसदको दुवै सदनबाट पारित हुने पूर्ण सम्भावना रहेको विश्लेषकहरु बताउँछन्।

यो विधेयक लागू भएमा अमेरिकी आप्रवासीका सन्तानलाई पनि फाइदा हुनेछ। यस विधेयकअन्तर्गत एच–१बी भिसाधारकका छोराछोरीले लामो अवधिका लागि संरक्षणा पाउनेछन्। यसअन्तर्गत आगामी ५ वर्षसम्म प्रत्येक वर्ष १८ हजार व्यक्तिले रोजगारीमा आधारित ग्रीन कार्ड पाउनेछन्।

एच–१बी भिसा एक गैरआप्रवासी भिसा हो। यो भिसा सामान्यतया काम गर्न अमेरिका जाने विदेशीलाई दिइन्छ। अर्को शब्दमा भन्ने हो भने अमेरिकामा अभाव भएका अमेरिकी कम्पनीहरुमा काम गर्ने त्यस्ता दक्ष विदेशी कामदारलाई काममा लगाउन यो भिसा दिइन्छ। त्यसपछि ती कामदारलाई ग्रीन कार्ड दिइन्छ। यो भिसाको वैधता ५ वर्ष हुन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS