IME Life New

अमेरिकी राष्ट्रपति चुनावः नोभेम्बरदेखि जनवरीसम्म कुन मितिमा के हुन्छ ? कहिले चुनिनेछन् नयाँ राष्ट्रपति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यसै वर्ष अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। चुनावमा मुख्य प्रतिस्पर्धा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच हुने अनुमान गरिएको छ। डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस हुन्, जो हाल उपराष्ट्रपतिको पदमा छन्। रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प सन् २०१६ देखि २०२० सम्म अमेरिकाको राष्ट्रपति भइसकेका छन्।

उपराष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार जेडी भान्स र डेमोक्रेटिक उम्मेदवार टिम वाल्ज हुन्। निर्वाचन प्रक्रिया नोभेम्बरमा सुरु हुनेछ र अर्को वर्ष जनवरीमा परिणाम घोषणा हुनेछ।

Esewa
Crest

अहिले अमेरिकामा यो अभियान तीव्र रुपमा चलिरहेको छ। अर्को महिना नोभेम्बरमा हुने चुनावी प्रक्रियाको सुरुआतदेखि जनवरीमा नतिजा आउने समयसम्म अमेरिकामा विभिनन चुनावी घटनाक्रम हुनेछन्। यसले अमेरिकामा केही समय राजनीतिक उथलपुथल हुनेछ, जसमा विश्वको नजर छ।

आउँदो नोभेम्बर ५ अमेरिकामा चुनावको दिन हो। मेल–इन मतपत्र पनि नोभेम्बरमा आइपुग्छ, जसले ढिलाइ हुन सक्छ। नोभेम्बर २६ को मिति पनि विशेष रहनेछ। ट्रम्पलाई यही दिन सजाय सुनाइनेछ। म्यानहट्टन हस मनी मुद्दामा दोषी ठहर हुने र सजाय पाउने ट्रम्प पहिलो सिटिङ वा पूर्वअमेरिकी राष्ट्रपति हुनेछन्। यो मामला एक पूर्वपोर्न स्टारसँग ट्रम्पको सम्बन्धसँग सम्बन्धित छ।

डिसेम्बर १७ मा निर्वाचकहरुले इलेक्टोरल कलेज बनाउनेछन्। राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न आ–आफ्नो राज्य वा डिस्ट्रिक्ट अफ कोलम्बियामा भेला हुनेछन्। एक हप्तापछि डिसेम्बर २५ मा चुनावी मतहरु सिनेट अध्यक्षले प्राप्त गर्नुपर्छ। यो भूमिका आजसम्म उपराष्ट्रपति र आर्किविस्टले निभाउनेछन्।

त्यसपछि अर्को वर्षको जनवरी ६ अर्थात २०२५ मा उपराष्ट्रपतिले कांग्रेसको संयुक्त अधिवेशनमा इलेक्टोरल कलेजको मतगणनाको अध्यक्षता गर्नेछन् र नतिजा घोषणा गर्नेछन्। राष्ट्रपति र उपराष्ट्रपतिमा को–को निर्वाचित भएका छन् भन्ने उनले जानकारी दिनेछन्। त्यसपछि विजयी राष्ट्रपति र उपराष्ट्रपतिलाई जनवरी २० मा औपचारिक रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS