IME Life New

अमेरिकी बैंकिङ संकटकाे प्रभावबाट एशियाली पुनर्बीमा क्षेत्र बाहिर छः स्वीस रि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । अमेरिकी र यूरोपेली बैंकिङ क्षेत्रमा मन्दीका कारण देखा परेकाे प्रतिकूल अवस्थाका बावजुद एशियाकाे पुनर्बीमा क्षेत्र प्रभावित हुनबाट जाेगिएकाे टिप्पणी स्वीस रि इन्स्टिच्युटले गरेकाे छ। मुद्रास्फिति दर तुलनात्मकरुपमा न्यून भएकाले बै‌ंक तथा वित्तीय संस्थामा युराेपेली मुलुकमा देखा परेकाे असरबाट एशियाली मुलुकहरु जाेगिन सकेकाे स्वीस रिकाे ठम्याई छ।

काेराेना महामारीविरुद्धकाे प्रतिबन्धबाट ढिलाे र सुस्तरी बाहिरिएकाे र ब्याज दरमा पनि क्रमिकरुमा वृद्धि भएकाले एशियाली मुलुकमा तुलनात्मक रुपमा कम प्रभाव देखिएकाे अध्ययन प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

अमेरिकी नियामकहरू फेडरल रिजर्भ (फेड) र फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसी) को निक्षेप बीमाकाे दायरता विस्तार गर्न र बैंकबाट निक्षेप रित्तिने जोखिम नियन्त्रणका लागी चालेकाे कदमले अमेरिका र यूरोपको बैंकिङ क्षेत्रको तनावलाई एशियामा सङ्क्रमण हुनबाट रोकेको छ।

स्विस रि इन्स्टिच्युटको प्रतिवेदनका अनुसार यूराेप र अमेरिकी मुलुककाे बै‌ंकिङ क्षेत्रमा देखापरेकाे उथलपुथलकाे बाछिटाहरू राेक्नका लागी अपनाइएका उपायको बावजुद कमजोर वृद्धि र कडा ऋण कडाईको प्रभावबाट पूर्ण रूपमा जाेगिन सहज छैन। फलस्वरूप, जोखिम न्यूनीकरण रणनीतिहरू, जस्तै पुनर्बीमा, काे महत्व अझै बढ्दै गएकाे छ।

“एशियासँग ऋण प्रवाहको लागि आवश्यक आय र ज्यालामा दिगो वृद्धि प्रदान गर्नका लागी आवश्यक पर्ने बलियो आधार छ। हामी आशा गर्छौं कि अमेरिकाले यस वर्षको अन्त्यमा मन्दीमा प्रवेश गर्नेछ, जसले एशियाली मुलुकका निर्यातकर्ताको लागि माग कमजाेर बनाउने संकेत गर्नेछ। यसका बावजुद चीनको बजार पुन: खुल्नु स्वागतयोग्य अवसर हुनेछ, “रिपोर्टले भन्यो।

स्विस रि इन्स्टिच्यूटले अमेरिका र यूराेप क्षेत्रकाे १ प्रतिशतभन्दा पनि न्यून वृद्धि दरकाे तुलनामा सन् २०२३ मा उदीयमान एशियाली अर्थतन्त्रले ५.५ प्रतिशतका दरले आर्थिक वृद्धि हुने पूर्वानुमान समेत गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS