IME Life New

अमेरिकाले ४०० विदेशी कम्पनी र व्यक्तिमाथि लगायो प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युक्रेनविरुद्ध जारी युद्धमा रुसलाई सघाउ पुर्याएको आरोपमा अमेरिकाले १९ वटा भारतीय कम्पनीसहित विभिन्न देशका करिब ४०० कम्पनी एवं व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकाले एउटा वक्तव्य जारी गर्दै उसका विदेश मन्त्रालय, अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले ती व्यक्ति तथा कम्पनीहरुमाथि अक्टोबर ३० देखि प्रतिबन्ध लगाइएको जनाएको हो। अमेरिकी भूमिमा एकजना शिख नेता गुरपतवन्त सिंह पन्नूको हत्या षड्यन्त्रमा एक भारतीय नागरिकको भूमिकालाई लिएर वासिङ्टन र दिल्लीबीच तनाव सिर्जना भएकै बेला पछिल्लो प्रतिबन्धको खबर आएको छ।

Esewa
Crest

प्रतिबन्धमा पर्नेमा भारतका साथै चीन, मलेसिया, थाइल्यान्ड, टर्की र संयुक्त अरब एमिरेट्सलगायत देशका छन्। अमेरिकाका अनुसार प्रतिबन्ध लगाइएका कम्पनीहरुले युक्रेनविरुद्धको लडाइँमा रुसले प्रयोग गर्ने विभिन्न सामग्री उपलब्ध गराउँदै आएका छन्। त्यसमा माइक्रो इलेक्ट्रोनिक्स र कम्प्युटर न्युमेरिकल कन्ट्रोललगायतका सामान छन्।
ती सामानको पहिचान अमेरिकी वाणिज्य मन्त्रालयको उद्योग तथा सुरक्षा ब्युरोका साथै यूके, जापान र युरोपेली संघले गरेको बताइएको छ। अमेरिकाले भारतीय कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको चाहिँ यो पहिलोपटक होइन।

यसअघि रुसी सेनालाई सघाएको आरोपमा सन् २०२३ को नोभेम्बरमा अमेरिकाले एउटा भारतीय कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धमा पर्नेमा भारतका एसेन्ड एभिएशन इन्डिया प्रालि, मास्क ट्रान्स, टीएसएमडी ग्लोबल प्रालि र फुट्रवो कम्पनी लगायतका समावेश छन्। एसेन्ड एभिएसन इन्डिया प्रालिले सन् २०२३ को मार्चदेखि सन् २०२४ को मार्चसम्म रुसी कम्पनीहरुलाई ७०० खेप सामान पठाएको अमेरिकाले जनाएको छ।

अमेरिकाका अनुसार मास्क ट्रान्स कम्पनीले सन् २०२३ को एप्रिलदेखि सन् २०२४ को एप्रिलसम्म करिब साढे २ करोड भारु बराबरका उड्डयनसम्बन्धी सामान पठाएको पाइएको छ। अमेरिकी प्रतिबन्धमा पर्ने भारतीय नागरिकहरुमा विवेककुमार मिश्रा र सुधीर कुमार छन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार विवेककुमार मिश्रा र सुधीर कुमार एसेन्ड एभिएशनका सहनिर्देशक एवं आंशिक शेअरधनी हुन्। एसेन्ड एभिएसनको वेबसाइटमा उल्लेख गरिएअनुसार उक्त कम्पनी दिल्लीमा रहेको छ र अन्तर्राष्ट्रिय स्तरमा त्यसले हवाई उद्योगका स्पेअर पार्ट्सका साथै लुब्रिकेन्ट आपूर्ति गर्ने गर्छ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि अतिक्रमण भएयता अमेरिका, यूके र युरोपेली सङ्घका साथै अस्ट्रेलिया, क्यानडा र जापानसहित कैयौँ देशले रुसविरुद्ध १६,५०० भन्दा बढी प्रतिबन्ध लगाएका छन्। ती प्रतिबन्धअन्तर्गत रुसको विदेशी मुद्रा सञ्चयको करिब आधा हिस्सा रोक्का गरिएको छ। जुन करिब २७६ अर्ब डलर हुन आउँछ। ‘प्रतिबन्धमा परेपछि सम्बन्धित कम्पनीहरु प्रतिबन्ध लगाउने देशसँग लेनदेन गर्न सक्दैनन््’, विदेश मामिलाका जानकार तथा द इमेज इन्डिया इन्स्टिच्युटका अध्यक्ष रवीन्द्र सचदेव भन्छन्, ‘प्रतिबन्धमा परेका कम्पनीहरुको सम्पत्ति पनि ती देशमा पनि रोक्का हुन सक्छ ती प्रतिबन्धको पक्षमा छन्।’

सचदेवका अनुसार प्रतिबन्धका कारण भारत र अमेरिकाबीचको सम्बन्धमा खासै असर पर्ने छैन। ‘किनकि दुई देशबीच सुमधुर सम्बन्ध रहँदै आएको छ’, उनले भने। –बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS