IME Life New

अमेरिकाले चिनियाँ विद्युतीय कारमा चारगुणाले बढायो कर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा करवृद्धि गरेका छन्।

ह्वाइट हाउसले पछिल्लो परिवर्तनमा चिनियाँ विद्युतीय कारमा सतप्रतिशत भन्सार महसुल पनि समावेश गरेको जनाएको छ। विद्युतीय सवारीसाधनको महसुल २५ प्रतिशतबाट सतप्रतिशत पुर्याइएको छ। सोलार सेलमा २५ प्रतिशतबाट ५० प्रतिशतमा बढाइएको छ। त्यसैगरी केही स्टिल र आल्मुनियम उत्पादनको महसुल दर ७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ।

Esewa
Crest

ह्वाइट हाउसले यो वृद्धि अनुचित नीतिका कारण र अमेरिकामा रोजगारी जोगाउने उद्देश्यले गरिएको जनाएको छ। चीनले यो वृद्धिको विरोध गरेको र छिट्टै प्रतिकारात्मक कारबाही गर्ने जनाएको छ।

विश्लेषकहरू भन्छन् कि यी शुल्कहरु धेरै हदसम्म प्रतीकात्मक छन् र यो चुनावी वर्षमा भोट कमाउने उद्देश्यले छन्। ह्वाइट हाउसले मंगलबार घोषणा गरेको करले करिब १८ अर्ब डलरको आयातलाई असर गर्ने जनाएको छ।

जबाफमा चीनको वाणिज्य मन्त्रालयले भन्यो, ‘यी नयाँ कदमले द्विपक्षीय सहयोगको वातावरणलाई गम्भीर रुपमा असर गर्नेछ।’ मन्त्रालयले यसलाई आर्थिक मामिलामा राजनीतिकरण भनेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS