IME Life New

अमेरिकाले कब्जामा लिएको रुसी सम्पत्तिबाट युक्रेनलाई दियो २० अर्ब डलर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर दिएको छ। अमेरिकाले यो रकम रुसको जफत गरिएको सम्पत्तिबाट दिएको हो।

यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो। जुन जी–७ समूहका सदस्य राष्ट्रहरुले जुनमा घोषणा गरेका थिए। अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायताको अर्थ ‘रुसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनुपर्ने’ बताइन्।उनले मंगलबार अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले उक्त रकम पाउने जानकारी दिइन्।

Esewa
Crest

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि आफूले पदभार सम्हालेसँगै रुस–युक्रेन युद्ध अन्त्य गर्न चाहेको भन्दै अमेरिकाले युक्रेनलाई यो सहयोग गरेको हो। ट्रम्पले युक्रेनलाई दिएको सहायतालाई ‘अमेरिकी स्रोतमाथिको बोझ’ भनेका थिए।

ट्रम्पको यो भनाइपछि नयाँ राष्ट्रपतिको प्रशासनमा पनि युक्रेनलाई आर्थिक सहायता दिने हो कि होइन भन्ने शंका उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS