IME Life New

अमेरिकामा ४५८० टन सुनको विषयमा चुलियो बहस, एलन मस्कले छानबिन गर्लान् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको अर्बौं डलरको सुन हरायो ? अमेरिकासँग साँच्चै सुन छैन ? यो बहस अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिरहेको छ।

टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्क पनि सुनको भण्डारलाई लिएर भइरहेको बहसमा प्रवेश गरेका छन्। वास्तवमा अमेरिकाको फोर्ट नक्समा धेरै सुन राखिएको छ। त्यहाँ ४५८० टन सुन राखिएको अनुमान छ। यसको मूल्य ४२५ अर्ब डलर अनुमान गरिएको छ। तर, सरकारले यसको मूल्य प्रतिऔंस ४२.२२ डलर तोकेको छ। जुन लामो समयदेखि अद्यावधिक हुन सकेको छैन।

Esewa
Crest

फोर्ट नक्स एउटा उच्च सुरक्षित स्थान हो। जहाँ अमेरिकाको अधिकांश सुन राखिएको छ। मस्कको डिपार्टमेन्ट अm गभर्नमेन्ट एफिसियन्सी (डीओजीई) सरकारी खर्च कटौती ध्याउन्नमा छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकलाई फोर्ट नक्समा भनिएजति सुन छ कि छैन भन्ने शंका छ।

मस्क र रिपब्लिकन सिनेटर रान्ड पलको नाम पनि यी अफवाहमा जोडिएको छ। मस्क फोर्ट नक्समा गएर यस विषयको जाँच गर्न सक्छन्।

सामाजिक मिडिया प्लेटफर्ममा प्रयोगकर्ता जिरोहेजले अन्तिमपटक कसैले यसलाई ५० वर्षपहिले सन् १९७४ मा निरीक्षण गरेको उल्लेख गरेका छन्। त्यसमा मस्कले जबाफ दिएका छन्, ‘पक्कै पनि वर्षमा एकपटक जाँच गर्नुपर्छ ?’

जिरोहेजले फेरि लेखेका छन्, ‘हुनुपर्छ तर त्यो हुँदैन।’

केन्टकीका रिपब्लिकन सिनेटर यान्र्ड पावलले पनि मस्कलाई जबाफ दिएका छन्, ‘होइन। अब गरौँ।’

फोर्ट नक्समा कति सुन छ भन्ने प्रश्न यसअघि पनि उठेको थियो। यान्र्ड पावलका बुबा रोन पावल टेक्सासका रिपब्लिकन कंग्रेस र तीनपटक राष्ट्रपतिका उम्मेदवार बनेका थिए। उनले डलरलाई सुनसँग जोड्ने वकालत गरेका थिए।

पावलले फोर्ट नक्समा सुनको उपस्थितिमा पनि प्रश्न उठाएका थिए। सन् २०११ मा पावलले ब्लुमबर्ग बिजनेसविकलाई भनेको थिए, ‘सरकारले अमेरिकी जनतालाई त्यहाँ सबै सुन छ भनेर विश्वास गर्न आग्रह गरिरहेको छ तर कसैलाई त्यहाँ जान अनुमति दिइरहेको छैन र सबै डाटा सार्वजनिक गरिरहेको छैन।’

यता अमेरिकी ट्रेजरी इन्स्पेक्टर जनरल एरिक एम थोरसनले आफूले सबै सुन हेरेको र गणना गरेको दाबी गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS