IME Life New

अमेरिकामा लगातार दाेश्राे बैंक पनि डुब्याे, बचतकर्तालाई आश्वस्त पार्न राष्ट्रपति नै अघि सरे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । एक दिनकाे अन्तरालमा अमेरिकामा दुई ठूला बैंकहरू डुबे पछि अमेरिकी राष्ट्रपति जाेय बाइडेनले सर्वसाधारण बचतकर्तालाई बैंकिङ प्रणालीसम्बन्धमा आश्वस्त पार्ने प्रयास गरिरहेका छन् ।

शुक्रबार अमेरिकी बैंकिङ इतिहासमा दाेश्राे ठूलाे विफलता व्यहाेर्दै सिलिकन भ्याली बैंक बन्द गरिएकाे घटना सेलाउन नपाउँदै तेश्राे ठूलाे विफलताका रूपमा आइतबार सिग्नेचर बैंकलाई समेत नियामक फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (FDIC) ले नियन्त्रणमा लिएर काराेबार बन्द गराएकाे छ। गत वर्ष २०२२ काे अन्त्यमा याे बै‌ंकसँग १ खर्ब १० अर्ब अमेरिकी डलरकाे सम्पत्ति र ८८ अर्ब ५९ कराेड अमेरिकी डलरकाे निक्षेप थियाे ।

Esewa
Crest

सार्वजनिक अभिव्यक्ति दिने क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले बैंक डुब्नुकाे नाेक्सानी अमेरिकी करदाताहरूकाे टाउकाेमा नपर्ने दाबी गरेका छन् । “अमेरिकी जनता र अमेरिकी व्यवसायीले उनीहरूको बैंक निक्षेप उनीहरूलाई आवश्यक पर्दा त्यहाँ हुनेछ भन्ने विश्वास गर्न सक्छन्,” बाइडेनले आइतबार अबेर जारी गरिएकाे एक विज्ञप्तिमा भनेका छन्। “म यस गडबडीको लागि जिम्मेवार व्यक्तिलाई पूर्णरूपमा जवाफदेही बनाउन र ठूला बैंकको निरीक्षण र नियमनलाई सुदृढ गर्न हाम्रो प्रयास जारी राख्न दृढतापूर्वक प्रतिबद्ध छु, हामी फेरि यो स्थितिमा नपरौं।”

अमेरिकी ट्रेजरी डिपार्टमेन्टले आइतबार एक विज्ञप्ति जारी गर्दै क्यालिफोर्नियामा रहेको सिलिकन भ्याली बैंक र न्यूयोर्कमा रहेको सिग्नेचर बैंकका निक्षेपकर्ताहरूले सोमबार आफ्ना सबै निक्षेपमा पहुँच पाउने जानकारी गराएकाे छ।

यी दुबै बैंकले सूचना प्रविधिमा आधारित कम्पनी र क्रिप्टाेकरेन्सीमा आधारित व्यापारमा ठूलाे लगानी गरेकाे पाइएकाे छ । अमेरिकामा छाएकाे आर्थिक मन्दीले कमजाेर भएकाे शेयर बजार र बढ्दाे बै‌ंक ब्याज दरका कारण कर्जा डुब्ने जाेखिम उच्च भएपछि अमेरिकी बैंकिङ प्रणाली नै जाेखिममा धकेलिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

22%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS