IME Life New

अमेरिकामा फेरि देखिन थाल्यो बैंकिङ संकट, अर्को एउटा बैंक टाँट पल्टिने अवस्थामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा फेरि एउटा बैंकिङ टाँट पल्टिने अवस्थामा पुगेको छ। करिब ११ महिनाअघि अमेरिकाका थुप्रै बैंक टाँट पल्टेका थिए। त्यसमा एउटा सिग्नेचर बैंक पनि परेको थियो।

त्यही सिग्नेचर बैंक किनेको न्युयोर्क कम्युनिटी बैंक अहिले टाँट पल्टिने अवस्थामा पुगेको छ। मुडिजले यो बैंकको क्रेडिट रेटिङ घटाएको छ। बैंकको शेयर बिहीबार ३१ प्रतिशतले घटेको छ।

Esewa
Crest

पछिल्लो एक महिनामा न्युयोर्क कम्युनिटी बैंकको शेयरमूल्य करिब ७० प्रतिशतले घटेको छ। यसको बजार पुँजीकरण जनवरी १ देखि ७ अर्ब डलरभन्दा बढीले घटेको छ। सन् १९९७ यताकै न्यून स्तरमा यो बैंकको शेयर कारोबार भइरहेको छ।

यद्यपि, यो बैंकको ६० प्रतिशत सम्पत्ति एफडीआईसी बीमाद्वारा कभर गरिएको छ। सिलिकन भ्याली बैंकको हकमा यो १० प्रतिशत थियो।

न्युयोर्क कम्युनिटी बैंकले गत हप्ता आश्चर्यजनक घोषणा गरेको थियो। उसले व्यावसायिक घरजग्गा बजारमा घाटा व्यहोरेको जनाएको थियो।

मुडिजले न्युयोर्क कम्युनिटी बैंकले धेरै चुनौतीको सामना गरिरहेको र ऋण तिर्न गाह्रो हुन सक्ने जनाएको छ। ‘यो बैंकले तरलता समस्या पनि सामना गर्नुपर्ने हुन सक्छ’, मुडिजले भनेको छ, ‘बैंकको निक्षेपको एक तिहाइ बीमाले कभर गर्दैन। यदि निक्षेपकर्ताको विश्वास गुम्यो भने बैंकले कोष र तरलताको दबाब सामना गर्नुपर्ने हुन सक्छ।’

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले सरकारले बैंकिङ संकटमा नजर राखेको र नियामकहरुले रियल इस्टेट ऋणको जोखिम व्यवस्थापन गर्न काम गरिरहेको बताइन्।

गत वर्ष अमेरिकाका दुई बैंक टाँट पल्टेको थियो। सन् २००८ पछि अमेरिकामा गत वर्ष सबैभन्दा ठूलो बैंकिङ संकट परेको थियो। सन् २००८ मा अमेरिकामा २५ वटा बैंकहरु टाँट पल्टेका थिए। जसको संयुक्त सम्पत्ति ३७४ अर्ब डलर थियो।

गत वर्ष सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाँट पल्टेकको थियो। जसको संयुक्त सम्पत्ति ३१९ अर्ब डलर थियो। यससँगै फर्स्ट रिपब्लिक बैंक पनि धरासायी बन्दै गएको थियो।

अमेरिकी बैंकहरुले सन् २०२२ मा ६२० अर्ब डलर घाटा व्यहोरेका छन्। यूएस फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाएसँगै बैंकहरुको अवस्था नाजुक भएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS