IME Life New

अमेरिकामा फेरि अर्को बैंक टाँट पल्टिने अवस्थामा, शेयरभाउ २७ वर्षयताकै न्यून स्तरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको अर्को एउटा बैंक टाँट पल्टिने अवस्थामा पुगेको छ। कमजोर वित्तीय स्वास्थ्यकै कारण न्युयोर्क कम्युनिटी बैंक (एनवाईसीबी) टाँट पल्टिने अवस्थामा पुगेको हो। योसँगै बैंकको शेयरभाउमा यो महिनाको सुरुदेखि ठूलो गिरावट आउन थालेको थियो। बैंकको शेयरभाउमा बुधबार पनि २० प्रतिशतले गिरावट आएको थियो। अहिले बैंकको शेयरभाउ घटेर सन् १९९७ यताकै न्यून स्तरमा पुगेको छ।

बैंकले कम्पनी नियन्त्रणमा भौतिक कमजोरी पहिचान गरेको जनाएको छ। जसका कारण गत त्रैमासमा शेयरधनीले २ अर्ब ४० करोड डलर घाटा व्यहोरेका छन्। बैंकको व्यवस्थापनले पहिचान गरेका समस्या आन्तरिक कर्जा समीक्षासँग सम्बन्धित छन्। यसको अर्थ बैंकमा अनुगमन प्रणाली, जोखिम व्यवस्थापन र अनुगमन गतिविधिमा समस्या छ। गत वर्ष असफल भएका धेरै बैंकमा यस्तै समस्याहरु देखिएका थिए।

Esewa
Crest

बैंकले यी समस्या हटाउनेतर्फ ध्यान दिनेसमेत जनाएको छ। जसका कारण वार्षिक नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ। यसले लगानीकर्तामा त्रास फैलाएको छ। यसको कारण गत वर्ष असफल भएको फर्स्ट रिपब्लिक बैंकले पनि त्रैमासिक नतिजा सार्वजनिक गर्न ढिलाइ गरेको थियो। करिब १ वर्षअघि पनि अमेरिकाको बैंकिङ क्षेत्रमा संकट आएको थियो। यसमा तीन ठूला बैंक डुबेका थिए। त्यसमा सिग्नेचर बैंक पनि परेको थियो। यो बैंकलाई न्युयोर्क कम्युनिटी बैंक आफैँले खरिद गरेको थियो। अहिले यो बैंक आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेको छ। मुडिजले हालै यस बैंकको क्रेडिट रेटिङ घटाएको छ।

न्युयोर्क कम्युनिटी बैंकले यो महिनाको सुरुमा व्यावसायिक घरजग्गा बजारमा ठूलो नोक्सानी व्यहोरेको घोषणा गरेको थियो। मुडिजका अनुसार बैंकले धेरै चुनौतीको सामना गरिरहेको छ र ऋण तिर्न गाह्रो हुन सक्छ। बैंकले तरलता समस्या पनि सामना गर्नुपर्ने हुन सक्छ।

गत वर्ष अमेरिकामा तीनवटा बैंक टाँट पल्टेका थिए। सन् २००८ पछि सम्पत्तिका आधारमा अमेरिकामा यो सबैभन्दा ठूलो बैंकिङ संकट थियो। सन् २००८ मा अमेरिकामा २५ वटा बैंक ध्वस्त भए, जसको संयुक्त सम्पत्ति ३७४ अर्ब डलर थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS