IME Life New

अमेरिकामा गौतम अडानीविरुद्ध ठगी मुद्दा दायर, ठेक्का पाउन घुस दिएको आरोप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भारतीय अर्बपति तथा अडानी समूहका अध्यक्ष गौतम अडानीमाथि अमेरिकामा गम्भीर आरोप लगाइएको छ। यो उनको कम्पनीका लगानीकर्तालाई ठगी गरेको आरोप हो।

अमेरिकामा रहेको आफ्नो कम्पनीलाई ठेक्का दिलाउन २६ करोड ५० लाख डलर घुस दिएको र यो कुरा लुकाएको आरोप उनीमाथि लागेको छ। यो सम्पूर्ण मामला अडानी समूहको कम्पनी अडानी ग्रीन एनर्जी र अर्को फर्मसँग सम्बन्धित छ।

Esewa
Crest

अमेरिकाको धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले बुधबार गौतम अडानीका भतिजा सागर अडानी, अडानी ग्रीन एनर्जीका अधिकारी र अर्को फर्म अजुर पावर ग्लोबलका कार्यकारी सिरिल क्याबनेसविरुद्ध पनि मुद्दा दायर गरेको छ। प्रतिवेदनमा भनिएको छ कि गौतम अडानी र उनका भतिजा सागर र अन्य सात प्रतिवादीहरुले आफ्नो नवीकरणीय ऊर्जा कम्पनीको लागि ठेक्का लिन र भारतको सबैभन्दा ठूलो सौर्य ऊर्जा प्लान्ट परियोजनाको विकास गर्न भारतीय सरकारी अधिकारीहरुलाई करिब २६ करोड ५० लाख डलर घुस दिएका थिए।

यो सम्पूर्ण मामिला अर्बौं डलरको नाफासँग सम्बन्धित रहेको दाबी गरिएको छ। प्रतिवेदनमा अभियोजकहरुले आरोप लगाएका छन् कि यो सम्झौतामार्फत अडानी समूहले २० वर्षमा २ अर्ब डलरभन्दा बढी नाफा कमाउने अपेक्षा गरिएको थियो। यो घुस सन् २०२० देखि २०२४ को बीचमा अधिकारीहरुलाई दिइएको आरोप छ।

यससँगै यो नाफाका लागि अमेरिकालगायत अन्य देशका लगानीकर्ता र बैंकलाई झुट बोलाइएको पनि आरोप छ। अभियोजकहरुले अर्का अडानी ग्रीन एनर्जी कार्यकारी, पूर्वसीईओ विनीत जैनले ऋणदाता र लगानीकर्ताहरुबाट आफ्नो भ्रष्टाचार लुकाएर ३ अर्ब डलर बढी ऋण र बन्ड उठाएको पनि आरोप लगाएका छन्। विनीत जैन सन् २०२० देखि २०२३ सम्म कम्पनीका सीईओ थिइन्।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ६२ वर्षीय भारतीय अर्बपति गौतम अडानी हाल ८५.५ अर्ब डलरको सम्पत्तिसहित विश्वका शीर्ष धनी व्यक्तिको सूचीमा १८औँ स्थानमा छन्। उनले पछिल्लो २४ घन्टामा २९ करोड ५० डलरको नोक्सानी बेहोरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS