IME Life New

अमेरिकाकै सबैभन्दा ठूलो ‘पे प्याकेज’ पाउँदै एलन मस्क, टेस्लालाई कस्तो पर्ला प्रभाव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी टेस्लाका सीईओ एलन मस्कले अमेरिकाको कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो पे प्याकेज प्राप्त गर्न लागेका छन्।

टेस्लाको बोर्डले एलन मस्कका लागि ५६ अर्ब डलरको पे प्याकेज प्रस्ताव गरेको छ। यसका लागि कम्पनीका शेयरधनीसँग स्वीकृति माग गरिएको छ। तर प्रोक्सी सल्लाहकार फर्म ग्लास लुइसले टेस्लाका शेयरधारकहरुलाई यो प्रस्ताव अस्वीकार गर्न अपिल गरेको छ। मस्कलाई दिइएको प्याकेज निकै ठूलो रहेको र यसले कम्पनीमा दूरगामी प्रभाव पार्ने फर्मले जनाएको छ। कम्पनीको बोर्ड मस्कको नजिक मानिन्छ। त्यसैले यो प्याकेजले कम्पनीमा मस्कको पकडलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

Esewa
Crest

मस्कको लागि प्रस्ताव गरिएको प्याकेजमा कुनै तलब वा नगद बोनस छैन। यसमा मस्कलाई टेस्लाको बजारमूल्यका आधारमा रिवार्ड दिइनेछ। हाल कम्पनीको बजार पुँजी ५७१.६३ अर्ब डलर छ।

टेस्ला बोर्डका अध्यक्ष रोबिन डेनहमले गत महिना एक अन्तर्वार्तामा कम्पनीले आम्दानी र शेयरमूल्यमा लक्ष्य हासिल गरेको हुनाले मस्क यो पे प्याकेजको हकदार रहेको बताएका थिए। मस्क सन् २००८ मा टेस्लाको सीईओ बनेका थिए। कम्पनीको नतिजा पछिल्ला वर्षहरुमा उल्लेखनीय सुधार भएको छ।

कम्पनीले सन् २०१८ मा २.२ अर्ब डलर घाटा व्ष्होरेको थियो भने गत वर्ष १५ अर्ब डलर नाफा कमाएको थियो। प्रोक्सी सल्लाहकारले शेयरधनीहरुलाई एलन मस्कका भाइ किम्बल मस्कलाई बोर्डमा पुनः चयनको विरोध गर्न पनि अपिल गरेका छन्।

दक्षिण अफ्रिकामा जन्मेका र पेसाले इन्जिनियर भएका एलन मस्कले धेरै कम्पनी चलाउँछन्। टेस्लाबाहेक यसमा माइक्रोब्लगिङ साइट एक्स र स्पेसएक्स पनि पर्छन्।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति १९१ अर्ब डलर छ र उनी बर्नार्ड अर्नाल्ट (२११ अर्ब डलर) र जेफ बेजोस (२०३ अर्ब डलर) पछि विश्वका धनीव्यक्तिको सूचीमा तेस्रो स्थानमा छन्। यो वर्ष उनको कुल सम्पत्ति ४ ३८.६ अर्ब डलरले घटेको छ। टेस्ला संसारको १४ औँ सबैभन्दा मूल्यवान कम्पनी हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS