IME Life New

अभिकर्ता संघको तेस्रो अधिबेशनबाट अध्यक्षमा अधिकारी र आचार्य निर्बाचित कसले पाउँला आधिकारिकता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनिमा आबद्ध पेशागत बीमा अभिकर्ता संघ बीमक समितिको तेस्रो केन्द्रिय अधिबेशन हेटौंडामा सम्पन्न भएको छ । तर अधिबेशन सबै बीमा अभिकर्ताको साझा भने हुन सकेन।  विवादै  विवादका बीच दुई समुहले आफु निर्बाचित भएको घोषणा गरेका छन्।

पेशागत बीमा अभिकर्ता संघको अधिबेशनमा आयोजक बेपत्ता भएको १९ घण्टापछि अधिबेशनमा उपस्थित बहुमत प्रतिनिधिको समर्थनमा कार्यसमिति गठन गरिएको , तीन बर्षमा हुने अधिबेशन राजेन्द्र अमात्य अध्यक्ष रहेको समितिले सात बर्षपछि अभिकर्ताको व्यापक बिरोध भएपछी  अधिबेशनमा सम्पर्क बिहिन बनेकाअमात्यको अत्तोपत्तो नभएपछी उपस्थित अभिकर्ताहरुले अब अधिबेशन सक्ने जिम्मा हाम्रो भन्दै बिधानसम्बत तरिकाले कार्यसमितिको गठन सर्वसम्मत गरेको, आर्थिक पारदर्शीतामा अस्पष्ठ भएको र साङठनिक प्रतिबेदन नपाइएको अवस्थामा अभिकर्ताहरुले रुष्ट हुँदै आर्थिक पारदर्शिता गर्न र साङ्गठनिक प्रतिबेदन मागिरहेका थिए तर त्यो पाउन नसकेको  गणेश अधिकारी समुहले जनाएको छ।

Esewa
Crest

आयोजक समिती गठन गरेर एक पटक पनि बैठक नबसेको एकलौटी ढंगले जान खोजेका, प्रतिनिधिको बारेमा स्पष्ट नभएकाले पनि अभिकर्तालाई चित्त नबुझेको  कार्यक्रममा उपस्थिती रहेका अभिकर्ता प्रतिनिधिको बहुमत समर्थनमा गणेश अधिकारिको अध्यक्षतामा १६ सदस्यीय बीमक समिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको जनाइएको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्र बहादुर खड्का, उपाध्यक्षमा महेन्द्र प्रसाद यादब, सचीवमा ओम बहादुर खत्री, सहसचिवमा रामशरण पोख्रेल,कोषाध्यक्षमा तेजमणी शर्मा र सदस्यहरुमा दुर्गादेबी भट्टराई, ओम प्रसाद वलि, कपिल आचार्य, कृष्ण प्रसाद रिमाल, देबि प्रसाद शर्मा जैसी, नरेन्द्र कुमार संग्रौला, मदन प्रसाद यादब, रामकृष्ण वलि, वसन्त बिक्रम कुवर, जुहारिलाल चौलागाईं सर्वसम्मत चयन भएको जनाइएको छ ।

यस्तै उक्त कार्यसमितिको पहिलो बैठक बसि आगामी योजनाहरुको बारेमा छलफल भएको छ । बिक्रम सम्बत २०७७र०७८ को अभिकर्ताको कमिसन मार्फत काटिएको ५३ लाख भन्दा बढी रकम अभिकर्तालाई नै फिर्ता गर्न कम्पनिलाइ लगाउने समेत निर्णय गरेको छ ।

शुक्रबार दिउँसो तीन बजे नै खुल्ला सत्र सकिएकोमा अधिबेशन आयोजक समितिका संयोजक तथा बीमक समितिका निवर्तमान अध्यक्ष राजेन्द्र अमात्य कसैको पनि सम्पर्कमा नआएपछी अधिबेशन भैरहेको पार्टी प्यालेसमा सयौं अभिकर्ता अलपत्र समेत परेको अधिबेशनमा सहभागी हुन आएका एक अभिकर्ताका अनुसार खानबस्नको ब्यवस्थापन आयोजकले भनेपनी सुत्ने ब्यवस्थापन नगरेकाले कार्यक्रम स्थलमै सयौं अभिकर्ताले रात बिताउन परेको पनि गणेश अधिकारी समुहले जनाएको छ।

आचार्यको समुहको अर्कै घोषणा 
कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा १६ सदस्यीय बीमक समिति सर्वसम्मत निर्वाचित गरेको छ । जसमा बरिष्ठ उपाध्यक्ष अम्बिका प्रसाद तेली, उपाध्यक्ष चन्द्रकला पौडेल, सचिव तेज प्रसाद तिवारी, सह–सचिव नेत्र प्रसाद ढकाल, कोषाध्यक्ष शैलेन्द्र दाहाल, सदस्यहरु लिलावती कँडेल (लक्ष्मी०), तेज प्रसाद प्रसाइ, भक्ति  प्रसाद भट्टराई, चन्द्र नायारण दास, सीता थेवे, ज्ञान प्रसाद पौडेल, लक्ष्मी भट्ट, मनोज कुमार यादव, शंकर थापा सोमई मगर, सरिता ठाकुर रहेका छन् । मनोनित कोटाबाट कर्णाली प्रदेशबाट केन्द्रिय सदसयमा निमा कुमारी ठकुरी पुनलाई चयन गरिएको आचार्य समुहले जनाएको छ ।

कसले पाउँला आधिकारिकता ?

दुई दिन सम्म चलेको अधिबेशनले सर्बसम्मत एकल अध्यक्ष चयन गर्न नसकेकोले कुम समूह आधिकारिक हुन् भन्ने  बीमा अभिकर्ताहरु नै अन्योल रहेको नेपाल लाइफका अभिकर्ताहरुले जनाएका छन्।

अधिबेशन स्थलमा विवाद 

दुई दिन सम्म चलेको अधिबेशनमा  विवाद भएको भिडियो हेर्नुहोस।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS