IME Life New

अभिकर्ता नभएको भए कलेज चालउँथे होला- शैलेन्द्र दाहाल, सिनियर एजेन्सी म्यानजेर, नेपाल लाईफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 


                                      शैलेन्द्र दाहाल, सिनियर एजेन्सी म्यानजेर, नेपाल लाईफ इन्स्योरेन्स

२०३९ सालमा जन्मिएका शैलेन्द्र दाहालको बाल्यकाल सिन्धुली जिल्लाको पुरानो झागाँझोलि गाविस वडा नं. ४ मा वित्यो । दाहालले २०५५ सालमा श्री जनज्योति माध्यामिक विद्यालय फोस्रेटारबाट एसएलसी पास गरेका हुन् । शैलेन्द्र सानै देखि मिहेनत र संघर्ष गर्न रुचाँउथे । उनी मेहनती भएकै कारण एसएलसीमा राम्रो अंक ल्याएर पास गरे ।

Esewa
Crest

“म मा सानै देखि मेहेनत गर्ने बानी थियो र मैले काठमाडौँ आए पछि पनि मेहेनत गर्न छाडिँन । मेरो मेहेनत गर्ने बानी र लगनशीलताले गर्दा नै आज यो ठाँउमा आई पुग्न सफल भएको छु ।”

मेहनत र लगनशीलतालाई आफ्नो जीवनको एक महत्वपूर्ण पाटो सम्झेर अगाडी बढी रहे । एलएसी पछि उनी अरु जस्तै सुनौलो भविष्यको खोजिमा शहर पसे । उनी भन्छन् “म मा सानै देखि मेहेनत गर्ने बानी थियो र मैले काठमाडौँ आए पछि पनि मेहेनत गर्न छाडिँन । मेरो मेहेनत गर्ने बानी र लगनशीलताले गर्दा नै आज यो ठाँउमा आई पुग्न सफल भएको छु ।” जीवनको दौडानमा उनी अगाडि बढ्दै गईरहे । १२ कक्षाको पढाई सके पश्चात नै उनी कोचिङ र टियूसन पढाउन थाले । आत्मनिर्भर भएर बाच्न चाहाने उनी आफ्नो पढाईको खर्चको लागि अरुमा कहिलै पनि भर परेनन । उनी भन्छन् “म २०५६ सालमा काठमाडौँ आउँदा जति रकम बोकेर आएको थिए त्यसपछि मैले कहिँलै पनि घरमा पैसा मागिन । बरु आफैले पठाए ।”

उच्च शिक्षाका लागी शैलेन्द्रले नेपाल कमर्स क्याम्पसलाई रोजे । एमबिएस तहसम्मको पढाई त्यही क्याम्पसबाट पूरा गरे । व्यवस्थापन विषय लिएर उच्च शिक्षा हासिल गरेका शैलेन्द्रले आफनो पेशाको रुपमा बीमा अभिकर्तालाई रोजे । त्यतिबेला स्नातक तहको तेस्रो वर्षको पाठ्यक्रममा फिल्ड रिपोर्ट बैकिङ एण्ड इन्स्योरेन्स विषय थियो । जसमा ७० अङ्क भारको सैद्धान्तिक र २५ अङ्कको प्रयोगात्मक रहेको थियो । फिल्ड रिपोर्ट तयार गर्ने क्रममा उनले बीमा सम्बन्धि विषयमा गरेका थिए । त्यसपछि नै उनले बीमा क्षेत्रमा नै केही गर्ने सोच बनाएका थिए ।

बीमा आवश्यक कुरा हो भन्ने भावना उनमा जागेको थियो । उनलाई बीमा अभिकर्ता बन्ने प्रेरणा यहि बाट प्राप्त भएको थियो । र उनले यही क्षेत्रमा केही गर्ने योजना बनाएका थिए । यसै गरि उनी सन् २००६ मा मेटलाईफ इन्स्योरेन्स कम्पनीमा बीमा अभिकर्ताको रुपमा काम शुरुवात गरे । मेट लाईफ इन्स्योरेन्स कम्पनीमा उनले २००८ सम्ममा मात्र काम गरे । सन् २००९ मा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा आवद्ध रही बीमा अभिकर्ताको रुपमा काम गर्न शुरुवात गरे र आज पनि उनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा नै कार्यरत छन् । आज यो पेशामा निरन्तर रुपमा लागेको १३ वर्ष पुरा भईसकेको छ ।

उनी भन्छन् “अन्य पेशामा समय सीमा हुन्छ, समयले बाधेको हुन्छ र त्यही अनुसार चल्नु पर्ने हुन्छ तर अभिकर्ता पेशामा न त समय सीमा हुन्छ न त कुनै परिधि भित्र रहनु पर्दछ । बीमा अभिकर्ता पेशा यस्तो पेशा हो, यसमा आम्दानीको सीमा हुँदैन वा आफुलाई चाहे जति वा गर्न सके जति आम्दानी गर्न सकिन्छ । र समयको हिसावले पनि स्वतन्त्र हुन्छ यो पेशा । बीमा अभिकर्ता मानौ एक समुन्द्र हो, त्यसमा जति पानी लिन चाहयो त्यत्ति पाईन्छ । बस मेहनतको आवश्यकता पर्छ ।

यस कारणले मैले बीमा अभिकर्ता पेशालाई अगाले ।” उनी अभिकर्ता बने लगत्तै शुरुमा आफ्नै बीमा गराएका थिए । उनी भन्छन् जे कामको शुरुवात आफ्ैबाट गरेको राम्रो, संसार बदल्नु छ शुरु आफै गर्नु छ । त्यसैले मैले मेरो तर्फबाट पहिलो बीमा आफ्नै गरे ।” त्यस पछि उनले आफनो परिवार र आफ्न्तहरुको बीमा गरे ।

यस पेशा प्रति दाहाल एकदमै सन्तुष्ट छन् । उनी भन्छन् “अभिकर्ता बीमा कम्पनी र बिमित बीचमा पुल हो । यस पेशामा आवद्ध कोहि व्यक्ति राम्रा छन् भने कोहि नराम्रा पनि । नराम्रो गर्नेलाई दण्ड र सजायको व्यवस्था छ । राम्रो काम गर्नेलाई प्रोत्साहनको पनि । त्यसकारण यस पेशालाई दलालको रुपमा हेरिनु गलत हो जस्तो लाग्छ । किनकि विश्वमा सवैभन्दा सफल व्यक्ति छन् भने ती बीमा अभिकर्ता, शेयर ब्रोकर छन् । मेरो विचारमा अभिकर्ता भने दलाल होईन यो वुझाई गलत हो ।”

ग्राहकलाई बीमा बुझाउन एकदमै गाहे हुन्छ । यसलाई प्राविधिक विषय पनि भनिन्छ । तर शैलेन्द्रलाई ग्राहक सामु पुगेर बीमा बुझाउन भने खासै समस्या पर्दैन । किनकि उनमा ग्राहकलाई वुझाउन सक्ने क्षमता छ, आफ्नै तौर तरिका छ, ग्राहकलाई विश्वास दिलाउन पनि सक्ने क्षमता भएकै कारणले होेला १३ वर्षको दौडानमा उनी जुन ग्राहकमा पुग्छन् त्यहाँ शतप्रतिशत सफल भएकै हुन्छन् । उनी भन्छन् “बीमा अभिकर्तामा बीमा के हो ? ग्राहकलाई बुझाउन सक्ने सामर्थ चाहिँ हुनुपर्छ नै, यदि त्यो अभिकर्ता सफल हुनु छ भने ।

सम्बन्धित विषयवस्तसको ज्ञान, जुन कम्पनीमा आवद्ध हो त्यो कम्पनीको बारेमा ज्ञान, अन्य कम्पनीको बारेमा ज्ञान साथै जुन कम्पनीको प्रतिनिधित्व गर्ने हो, त्यसको वोनस दर लगायतका अन्य कुराहरु पनि बुझनु जरुरी हुन्छ । शैलेन्द्र भन्छन् यस्ता ज्ञान र गुणहरु एउटा बीमा अभिकर्तामा हुनु पर्दछ ।

बीमा प्रस्ताव फाराममा नै कम्पनीको हालको वोनस दर यति हो भनेर समावेश गर्नु पर्ने माग नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अभिकर्ता संघ र पेशागत अभिकर्ता संघले गरेको उनी बताउछन् । यसो गर्दा विमितले कुन कम्पनीको कति वोनस दर रहेछ प्रस्ताव फारम बाटै थाहा पाँउनेछन् । ग्राहक र अभिकर्ताको सम्बन्ध छोटो समयावधिको नभई लामो समय सम्मको वा पोलिसि अवधि भरिको लागि रहिरहन्छ । उनी भन्छन् कुनै एक ग्राहकले बीमा कम्पनी लाई होईन अभिकर्तालाई विश्वास गरेको हुन्छ , विमितले कम्पनी हैन अभिकर्तालाई चिन्छ । त्यसैले बीमा अभिकर्तामा विश्वास दिलाउन सक्ने क्षमता हुनुपर्छ ।

                “ यदि म आज ईन्स्योरेन्स क्षेत्रमा हुन्नथे भने कलेज चलाएर बसेको हुन्थे ।”

पुर्खोली घर सिन्धुलि भएका शैलेन्द्र अहिले बालाजुमा बस्छन् । आमा, श्रीमती र दुई बच्चाको साथमा रहेका शैलेन्द्र बीमा अकिर्ताको पेशा प्रति आन्दित रहेका छन् । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा बीमा अभिकर्ताको रुपमा आवद्ध रहेका शैलेन्द्र केहि समय अगाडि कलेजमा पढाउदै आएका थिए । उनी भन्छन् “ यदि म आज ईन्स्योरेन्स क्षेत्रमा हुन्नथे भने कलेज चलाएर बसेको हुन्थे ।” उनलाई आज पनि अवसर भने नआएको होईनन तर पनि बीमा क्षेत्रमै अब्बल भई सबैमा बीमाको ज्ञान छर्ने र बीमा व्यवसाय प्रति योगदान दिनमा नै उनी तल्लिन देखिन्छन् । उनी भन्छन् यदि बीमाको पाठ्यक्रम नै आयो भने देखि बीमाको प्राध्यापन गर्ने रहर छ । म मा रहेको ज्ञान अरुमा भर्ने मनछ र जानेका कुरा अरुमा बाड्ने ठुलो रहर छ।

“बीमा एक जोखिम न्यूनिकरणको पाटो हो, साथसाथै बचत पनि हो । विमितले बीमा बीमा अभिकर्ताको विश्वासमा गर्ने गर्दछन्, त्यसैले यो परमसदविश्वास पनि हो ।”

शैलेन्द्र आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । उनी भन्छन् “बीमा एक जोखिम न्यूनिकरणको पाटो हो, साथसाथै बचत पनि हो । विमितले बीमा बीमा अभिकर्ताको विश्वासमा गर्ने गर्दछन्, त्यसैले यो परमसदविश्वास पनि हो ।” उनी बीमाको दायरा लाई बढाउनका लागि विभिन्न सामाजिक कार्यहरुमा पनि संलग्न हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS