IME Life New

अभिकर्ताले फैलाई दिएको भ्रमका कारण डब्बल भु्क्तानीको ह्याङओभर अझै बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गैर व्यवसायीक अभिकर्ताले सजिलो बाटोबाट जीवन बीमालेख बिक्री गर्न अभिकर्ताले ‘मिस सेलिङ’ गर्दा सर्वसाधारणको मानसपटलमा अझै पनि डब्बल बीमाङ्कको ह्याङ्गओभर बाँकी छ। सर्वसाधारणलाई जीवन बीमा गर्न प्रेरित गर्दा बीमालेखको विशेषता र प्रतिफल सम्बन्धमा भ्रामक जानकारी दिएर बेइमानी गर्ने काम ‘मिस सेलिङ’ को परिभाषाभित्र पर्छ।

तीन दशकभन्दा लामो इतिहास रहेको नेपाली जीवन बीमा बजारमा अभिकर्ताले शुरूवाती दिनदेखि नै भारतीय बजारको सिको गर्दै १० वर्षपछि बीमाङ्कको डब्बल भुक्तानी पाइन्छ भन्दै मिस सेलिङ गरि रहे । यो बिक्री फर्मुला यति जबरजस्त बन्यो कि कुनै अभिकर्ताले होइन डब्बल रिटर्न(भुक्तानी) को ग्यारेण्टी गर्न सकिन्न भनेर बीमितलाई बुझाउन पनि आँट गर्न सकेनन् । र बजार यस्तै मिथ्यामा चलि रह्यो ।

Esewa
Crest

शुरूवाती डेढ दशक अर्थात् अझै भनाैं एलआइसी नेपालको स्थापनापछिको डेढ दशकपछि जब बीमितले दाबी भुक्तानी पाउने दिन शुरू भए त्यसपछि बीमाङ्कको डब्बल भन्ने कुरा ठगी मात्र रहेछ वास्तविकता होइन रहेछ भन्ने चेत खुल्यो । बीमाको दायराभन्दा ठूलो जनसंख्या अझैपनि बाहिर रहेकाले त्यसयताका दिनमा पनि बीमाङ्कको डब्बल वाला फर्मुला चलि नै रह्यो । शायद प्रचारको यही फर्मुलालाई भजाउन गर्न साबिक महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहज बजार प्रवेशका लागि डब्बल बीमाङ्क नामबाट बीमालेख नै प्रचलनमा ल्याएको थियो ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा चौध जीवन बीमा कम्पनीमा कूल ५३ हजार ११३ वटा बीमालेख समर्पण गरिएको छ । यो अघिल्लो आव २०७९/८० को सोही अवधिको तुलनामा २१.५१ प्रतिशतले बढी हो । आव २०७९/८० को पुस मसान्तसम्ममा ४३ हजार ७१० बीमालेख समर्पण गरिएका थिए । संख्यात्मक हिसाबले बीमा अवधि पुरा नहुँदै यति ठूलो संख्यामा बीमालेख परित्याग गर्ने यो प्रवृत्ती जीवन बीमा क्षेत्रका लागि स्वस्थ्यकर होइन ।

सर्वसाधारणको उपभोग गर्ने प्रवृत्ती बढ्दै जाँदा र वित्तीय जोखिम बढ्दै जाँदा अहिले प्रतिफलका लागि भन्दा पनि जोखिम बहनको प्रत्याभूतिका लागि बीमा आवश्यक छ भन्ने पक्षलाइ उजागर गर्न ढिला भइसकेको छ।

सीमित बीमा कम्पनीले मात्र विशुद्ध बचत र प्रतिफल दिने प्रकृतिका परम्परागत सावधिक बीमालेखको साटो अधिक जोखिम बहन गर्ने प्रकृतिका सावधिक बीमा योजना ल्याउन शुरू गरेका छन् । सूर्य ज्योती लाइफले बचत प्रतिफल र जोखिम बहन तीनवटै विशेषतायुक्त सजिलो बीमा प्रचलनमा ल्याई सकेको छ। एशियन लाइफ इन्स्योरेन्सले पनि बीमा श्री जीवन बीमा योजना प्रचलनमा ल्याएको छ।

बीमामा पहुँच बढाउन, थोरै रकममा नै ठूलो रकमको जोखिम बहन संभव बनाउन विशुद्ध जोखिम बहन मात्र गर्ने बीमालेख बलियो अस्त्र हो । बीमा भनेको बचत र डब्बल प्रतिफलका लागि भन्दा पनि जोखिम बहनका लागि हो भन्ने कोणबाट जीवन बीमकले, अभिकर्ताले र नियामकले प्रचार प्रसार गर्नुपर्छ। जनचेतना फैलाउनुपर्छ।

थोरै रकममै ठूलो बीमाङ्कको जीवन बीमा गर्न संभव भयो भने अण्डर इन्सुरेन्सको वर्तमान् समस्या समेत समाधान हुनेछ। यसबाहेक सीमित आम्दानी हुनेले घरपरिवारका सबै सदस्यको जीवन बीमा गरिदिएर चिन्ता मुक्त हुने वातावरण सिर्जना हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS