IME Life New

अभिकर्तालाई दिएकाे कर्जा असुलउपर गर्न नसकेपछि युनियन लाईफ समस्यामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं । व्यवसाय बिस्तारका लागी बिना धिताे अभिकर्तालाई कर्जा उपलब्ध गराएकाे युनियन लाईफ इन्स्याेरेन्स समस्यामा परेकाे छ । बिना धिताे कर्जा उपभाेग गरेका अभिकर्ता सम्पर्कबिहीन भएपछि कम्पनीकाे ऋण डुब्ने जाेखिम समेत उच्च भएकाे छ ।

पटक पटक ताकेता गर्दा समेत असुल उपर हुन नसकेपछि सार्वजनिक सूचना प्रकाशन गर्दै बक्याैता कर्जाकाे सावा र ब्याज सहित भुक्तानी गर्नकाे लागी अनुराेध गरेकाे छ । जीवन बीमा कम्पनीले अभिकर्ता प्राेत्साहित गर्ने बहानामा जथाभावी र असुरक्षित कर्जा प्रवाह गर्ने प्रवृत्ती बढ्दै गएपछि नेपाल बीमा प्राधिकरणले कर्जा वितरणमा अंकुश लगाएकाे थियाे ।

Esewa
Crest

युनियन लाईफले प्रकाशन गरेकाे सार्वजनिक सूचना अनुसार कम्तीमा ७७ जनाबाट कार माेटरसाइकल र व्यवसाय कर्जावापत उपलब्ध गराईएकाे रकम असुल उपर हुन सकेकाे छैन ।  यी मध्ये १८ जनालाई चारपांग्रे सवारीसाधन समेत खरिद गर्न कर्जा रकम उपलब्ध गराएकाे आधारमा अनुमान गर्दा असुलउपर गर्न बाकी रकम २ कराेड रुपैया भन्दा बढी छ । कर्जामा नाेक्सानीकाे लागी व्यवस्था शीर्षकमा आर्थिक वर्ष २०७६।७७ मा यूनियन लाईफकाे १ कराेड १२ लाख रुपैया भन्दा बढी रकम रहेकाे थियाे । (हेर्नुहाेस् कर्जा बक्याैता राखेका अभिकर्ताकाे नामावली)

 

Agent_Loan_recovery_sheet_.....

सर्वसाधारणबाट संकलित बीमाशुल्कबाट बचत भएकाे रकम जीवन बीमा काेषमा जम्मा गरेर भविष्यमा बीमितलाइ दिनुपर्ने दाबी भुक्तानी गर्ने प्रबन्ध मिलाएकाे हुन्छ । काेषकाे रकमबाट अभिकर्तालाई पर्याप्त सुरक्षणबिना नै कर्जा प्रवाह गर्दा काेषकाे आकार र कम्पनीकाे नाफा दुबै घट्छ ।

बीमितकाे हितमा नकारात्मक प्रभाव पार्ने गरी जीवन बीमा कम्पनीले घरजग्गा खरिद गर्न वा अन्य प्रयाेजनका लागी समेत जथाभावी अभिकर्ता कर्जा वितरण गरेपछि नेपाल बीमा प्राधिकरणले बीमककाे संस्थागत सुशासन निर्देशिका मार्फत नियन्त्रणकाे प्रयास गरेकाे थियाे । प्राधिकरणले अभिकर्ता कर्जा शिर्षकमा लामाे समयदेखि असुल उपर गर्न बाकी रकम तत्कालै असुलउपर गर्न २ वर्ष अघि नै निर्देशन दिएपनि अधिकांश कम्पनीले असुलउपर गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

9%
happy

खुसी

45%
sad

दु :खी

18%
amazed

अचम्मित

0%
excited

उत्साहित

27%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS