IME Life New

अब वाणिज्य बैंकले १२ हजार डलरसम्मको आयातका लागि भुक्तानी सुविधा उपलब्ध गराउन सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले अब १२ हजार अमेरिकी डलरसम्मको आयातका लागि भुक्तानी सुविधा उपलब्ध गराउन सक्ने भएका छन्।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त संस्थाका लागि जारी एकीकृत परिपत्रमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। विदेशबाट विदेशी मुद्रा प्राप्त भएको आधारमा फर्म, कम्पनी, संघ, संस्थाले भारत तथा तेस्रो मुलुकका सेवा आयात गरी अन्य मुलुक (भारतसमेत) मा निर्यात व्यापार गर्न विदेशी मुद्रा प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकले विदेशी मुद्राको सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था केन्द्रीय बैंक थप गरेको छ।

Esewa
Crest

यस्ता छन् व्यवस्था

  • निर्यात रकम विदेशबाट सम्बन्धित वाणिज्य बैंकमा विदेशी मुद्रामा नै प्राप्त भएको हुनुपर्नेछ।
  • प्राप्त रकम ननाघ्ने गरी निर्यात रकम प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकले तेस्रो मुलुकको हकमा अमेरिकी डलर १२ हजार र भारतको हकमा भारु ३० लाखको सीमाभित्र रहने गरी आयातका लागि भुक्तानी सुविधा उपलब्ध गराउन सक्नेछ।
  • नेपालको प्रचलित कानुनले कारोबार गर्न निषेध नगरेको कारोबार मात्र गर्नुपर्नेछ।
  • एएमएल तथा सीएफटीसम्बन्धी व्यवस्थाहरुको पालना हुनुपर्नेछ।
  • उल्लिखित नियामक निकायको सिफारिस÷स्वीकृति अनिवार्य हुने छैन।
  • निर्यात रकम भारुमा प्राप्त भएको हकमा भने आयातको भुक्तानी परिवत्र्य विदेशी मुद्रामा गर्न पाइने छैन।
  • यस व्यवस्थाबमोजिम आयातको भुक्तानीसम्बन्धी विवरण सम्बन्धित वाणिज्य बैंकले अद्यावधिक गरी राख्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS