IME Life New

अब एनआईसी एशिया बैंकको वेबसाइट र मोबाइल एपबाट नै आइपीओमा आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप मार्फत आइपीओमा आवेदन दिन सकिने सेवाको सुरुवात गरेको छ । सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले आफ्ना ग्राहक महानुभावहरूले लाइन बसी आइपीओ फारम बुझाउने झन्झटलाई न्यूनिकरण गर्ने उद्देश्यले अतुलनीय सहजता सहित नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एप मार्फत आइपीओमा आवेदन दिन सकिने सेवाको सुरुवात गरेको हो ।

अब ग्राहकले एनआईसी एशियामा डिम्याट खाता खोलेका, बैंकमा बचत खाता रहेका तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले बैंकको मोबाइल एप मार्फत शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ।

Esewa
Crest

महामारीको जोखिम कायम रहेका बेला ग्राहकलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आइपीओ आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी मोबाइल एपबाट नै आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको बैंकले जनाएको छ ।

ग्राहकले एप भित्र रहेको एप्लाई शेयर आइकनमा ट्याप गरेर आवेदन दिन सक्ने छन्। एप्लाई शेयर आइकनमा ट्याप गर्दा त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्ने बैंकले जनाएको छ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर समिट गरेपछि आवेदन पूरा हुने बैंकले जनाएको छ ।

बैंकले आफ्नो वेबसाइटमा रहेको एप्लाई शेयर आइकनमा क्लिक गरेर पनि आइपिओमा आवेदन दिन सकिने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS