IME Life New

अबको ४ वर्षमा यात्रा बीमा बजार १२ अर्ब डलरको हुने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अबको ४ वर्षमा यात्रा बीमा बजार १२ अर्ब डलर बढीको हुने प्रक्षेपण गरिएको छ।

वार्षिक औसत १०.२४ प्रतिशतको वृद्धिका साथ वर्ष २०२८ सम्म वैश्विक यात्रा बीमा बजार १२.०७ अर्ब डलरको पुग्ने प्रक्षेपण टेक्नाभियोले गरेको हो। यो वृद्धि बढ्दो पर्यटन तथा व्यापार यात्राका कारण हुने बताइएको छ।

Esewa
Crest

अर्कोतर्फ बीमामा डिजिटलाइजेसनले ग्राहकलाई पोलिसी खरिद गर्न र व्यवस्थापन गर्न सहज भएकोले यात्रा बीमा बजार विस्तारमा टेवा पुगिरहेको टेक्नाभियोले जनाएको छ। यात्रा बीमा अहिले मानिसको यात्राको अभिन्न हिस्सा बन्न पुगेको छ। कम्पनीहरुले पनि मौसमका कारण उडानमा हुने ढिलाइ, आकस्मिक स्वास्थ्य आवश्यकता र मेकानिकाल मामिलामा हुने जोखिम रक्षावरण हुने खाले पोलिसी बिक्री गरिरहेका छन्।

अमेरिका, बेलायत र अस्ट्रेलियाजस्ता देशमा यात्रा बीमा अनिवार्य गरिएको छ। एकीकृत प्रविधि जस्तै एपीआई, एआई र जीपीएसको प्रयोग पनि बीमा क्षेत्रमा बढ्दै गइरहेको छ। यद्यपि मानिसको चेतनाको कम र दाबी भुक्तानीमा ढिलाइले यात्रा बीमामा चुनौती पनि रहेको देखिएको छ।

अन्तर्राष्ट्रिय सीमा दाबी भुक्तानी प्रक्रियामा सुस्तताका कारण यात्रा बीमा लिएका ग्राहक प्रभावित हुने देखिन्छ। यसले विस्तारका क्रममा रहेको यात्रा बीमा बजारलाई प्रभाव पार्न सक्ने आँकलन गरिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS