IME Life New

अबको १० वर्षमा विश्वले पाउनेछ पहिलो खर्बपति, को–को छन् दौडमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अबको १० वर्ष विश्वले पहिलो खर्बपति पाउने अनुमान गर्न थालिएको छ।

हाल सार्वजनिक एउटा रिपोर्टअनुसार खर्बपति बन्ने दौडमा एलन, मस्क, वारेन बफेट, बर्नाल्ट अर्नल्ट र जेफ बेजोसलगायतको नाम समावेश रहेको छ। भविष्यमा पहिलो खर्बपतिको रुपमा उनीहरुको नाम आइरहेको छ। विश्वमा चाँडै १ खर्ब डलर डलरको सम्पत्ति भएको खर्बपति देख्न पाइनेछ।

Esewa
Crest

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार हाल विश्वको सबैभन्दा धनीव्यक्ति एलन मस्क हुन्। मस्कको कुल सम्पत्ति २१७ अर्ब डलर छ।

अमेजनका संस्थापक जेफ बेजोस दोस्रो स्थानमा छन्। बेजोसको कुल सम्पत्ति १८१ अर्ब डलर छ। बेजोसपछि तेस्रो नम्बरमा बर्नाल्ट अर्नाल्ट छन्। उनको कुल सम्पत्ति १६२ अर्ब डलर छ।

अर्बपतिहरुको सूचीमा पाँचौँ स्थानमा रहेका मार्क जुकरबर्गको कुल सम्पत्ति १३९ अर्ब डलर छ।

रिपोर्टका अनुसार एलन मस्क खर्बपति बन्ने दौडमा सबैभन्दा अगाडि छन्। मस्कको कुल सम्पत्ति बढ्दै गएको गतिका कारण उनी पहिलो खर्बपति बन्ने अपेक्षा गरिएको छ। अहिलेकै गतिमा दैनिक सम्पत्ति बढ्दै जाने हो भने सन् २०३४ सम्ममा मस्क विश्वको पहिलो खर्बपति बन्ने सम्भावना छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS