IME Life New

अफगानीस्तानमा शक्तिशाली भूकम्पमा १ सय भन्दा बढीकाे ज्यान गयाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण एशियाली मुलुक अफगानिस्तानमा गएकाे शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेकाे स‌ंख्या १ सय नाघेकाे छ। शनिबार हेरात प्रान्तलाई केन्द्र बनाएर ६‍.३ रेक्टरस्केलकाे भूकम्प गएकाे थियाे ।

शक्तिशाली भूकम्पबाट भवनहरू भत्किंदा घाइते हुनेकाे संख्या १ हजारभन्दा माथी पुगेकाे अमेरिकन प्रेसले उल्लेख गरेकाे छ। हेरात प्रान्तकाे जेन्दा जन जिल्लाकाे चारवटा गाउँहरु भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएकाे अफगानी विपत् उद्धार निकायका प्रवक्ता महम्म अब्दुल्लाह जानले स्थानीय सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

Esewa
Crest

हेरात प्रान्तदेखि २५ किलाेमिटर दूरीमा रहेकाे भूकम्प केन्द्रबाट पहिलाे पटक ६‍.३ रेक्टर स्केलकाे धक्का महशुस गरिएकाे थियाे भने त्यसलगत्तै ५.९ र ५.५ रेक्टर स्केलकाे पराकम्पन महशुस गरिएकाे अमेरिकी भू सर्वेक्षण विभागले जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS