IME Life New

अन्तिम दिनसम्म रिलायबल नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओ भर्ने आज अन्तिम दिन हो । आज अन्तिम दिनसम्ममा २९ हजार बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन १० गते साँझ ५ः१५ बजेसम्म २९ हजार ४०० जनाले २० लाख ९५ हजार ३५० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्बको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड बराबरको प्रति शेयर अंकित मूल्य एक सय दरमा प्रिमियम बापत १५७ रुपैयाँ थप गरी प्रति कित्ता २५७ रुपैयाँमा आइपीओ निष्काशन गरेको हो ।

Esewa
Crest

कम्पनीले पहिलो चरणमा असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख कित्ता शेयर निष्काशन गरेको हो । त्यस्तै, कम्पनीका अनुसार ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँको दरले कम्पनीका कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ९६ लाख कित्ता साधारण शेयरहरुको प्रारम्भिक सार्वजनिक निष्काशन गरिने छ । सर्वसाधारण लगानीकर्ताको लागि भने मिति तय भएको छैन ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिने व्यवस्था थियो भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS